सर्लाहीको सहारा मल्टिपर्पस सहकारीको अध्यक्षमा पुन ः मिकरानी चयन
सर्लाहीको मलंगवामा केन्द्रिय कार्यालय रहेको सहारा मल्टिपर्पस को–आँपरेटिभ सोसाईटी लिमिटेडको १८ औं वार्षिक साधारण आज मिति २०७८ पुष ३० गतेका दिन सम्पन्न गरिएको छ ।
सो बार्षिक साधारण सभाको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष वसी अहम मिकरानीलले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९÷०८० को अनुमानित वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
साथै उनले सदस्यहरुको साथ सहयोग र कर्मचारीको कुशल व्यवस्थापनले गर्दा नै संस्थाले आज आएर ११ औं बार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएको कुरा जानकारी समेत गराएका थिए ।
संस्थाको २०७८ असार मसान्त सम्मको शेयर पुँजी ४ करोड ५९ लाख ७ हजार ५ सय रुपैया, कुल निक्षेप रकम ६७ करोड ५ लाख २५ हजार १ सय २६ रुपैया,ँ ऋण लगानी ५१ करोड ६३ लाख ५५ हजार ३ सय ५२ रुपैया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी सदस्यहरुलाई निरन्तर रुपमा वित्तीय सेवा प्रदान गर्दै आईरहेको सो संस्थाले संस्थाको बहुउेद्दश्यीय अन्तर्गतको कार्य डिपार्टमेन्ट स्टोर समेत संचालन गरी आफ्ना सदस्यलाई थप सेवा प्रदान गर्न सफल भएको संस्थाका मुख्य व्यवस्थापक सुनिल कुमार गुप्ताको भनाई छ ।
।
संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ट कार्य गर्ने कर्मचारी, उत्कृष्ट कारोरबार गर्ने सदस्य, संचारकर्मी लगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
त्यसैगरी संस्थाले सो बार्षिक साधारण सभाबाट सोहि संस्थाका अध्यक्ष वसी अहम मिकरानीको अध्यक्षतमा पुनः संचालक समिति र लेखा समिति समेत चयन गरेको जानकारी गराईएकोे छ ।

