चितवनको सुनचाँदी सहकारीको ९ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

चितवनको भरतपुर म.नपा–१ मिलनरोड नारायणगढमा रहेको सुनचाँदी व्यवसायीहरुको विशुद्ध कारोबार गर्ने संस्था सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाको ९ औं बार्षिक साधारण सभा यहि मिति २०७८ पुष १२ गते सोमबार का दिन दिन पर्व व्याङ्क्वेट, कमलनगर, नारायणगढमा सम्पन्न गरिएकोे छ ।
सो कार्यक्रमको उद््घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) कि महिला उपाध्यक्ष शान्ति अधिकारीले गरेकी थिईन् ।
त्यसैगरी कार्यक्रमको अतिथिहरुमा जिल्ला बचत संघ चितवनका अध्यक्ष हरिश्चन्द्र सुबेदी लगायत विभिन्न संघ संस्थामा आबद्ध प्रतिनधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
सोहि संस्थाका अध्यक्ष बाबुराम रामदामले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै संस्थाको ९ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै उनले हाम्रो यस संस्थामा चितवन जिल्लाका सुनचाँदी व्यवसायीहरुको आर्थिक आवश्यकता पुरा गर्ने उद्देश्यले सुनचाँदी व्यवसायीहरु मात्र सदस्यता आवद्ध हुने गरी २०६९ सालमा यो संस्था स्थापना भएको कुरा जानकारी गराएका थिए ।
साथै संस्थाले कोरोना भाईरसको माहामारीबाट देशभर लकडाउन भईरहेको अवस्थामा पनि संस्थाले आफ्ना सदस्यहरुलाई अत्याआवश्यक पर्ने सेवामा कमी हुन नदिई आफ्ना सदस्यहरुको सेवालाई निरन्तरता दिएको कुुरा समेत उनले प्रष्ट पारे ।

संस्थाको बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव टुलक प्रसाद विश्वकर्माले पेश गरेका थिए । साथै उनले चितवन जिल्लाभरीका सुनचाँदी व्यवसायीहरुको सामुहिक लगानीमा स्थापित यस संस्थाले ९ बार्षिक साधारण सभा सम्म आईपुग्दा थुप्रै सफलताहरु हाँसिल गरेको कुरा सो सभामा जानकारी समेत गरेका थिए ।

२०६९ साल फागुन १७ गते डिभिजन सहकारी कार्यालय चितवनमा दर्ता भई कारोबार संचालन गर्दै आईरहेको सस्थाको कार्यक्षेत्र जिल्लाभर रहेको रहेको छ ।
संस्थाको २०७८ असार मसान्त सम्मको कुल शेयरपुँजी २८,५०,८१०० पुगेको छ भने संस्थामा महिला पुरुष गरी ४४३ जना सदस्य आबद्ध भईसकेको संस्थाका व्यवस्थापक रमेश रामदामको भनाई छ ।
सो संस्थाले सुन धितो राखी सदस्यहरुलाई कर्जा प्रवाह गर्न खेजिरहेको छ तर सम्बन्धित निकायले सो कर्जा लगानी गर्ने अनुमति दिईरहेको छैन् यदि सो कर्जाबाट सुन धितो राखी लगानी गर्ने हो भने हाम्रो संस्थाका सदस्यहरुलाई आफ्नो सुनचाँदी व्यवसाय गर्न सजिलो हुने संस्थाका व्यवस्थापक रामदामको भनाई छ । तर यो विषयमा हामीले सम्बन्धित निकाय सँग पहल गरिरहेको कुरा पनि उनले सहकारी सञ्जाललाई जानकारी गराएका छन् ।
अन्तराष्ट्रिय सहकारी, मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिदै आईरहेको सो संस्था चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको स्थापना दिवसको अवसरमा सम्मानित समेत भईसकेको छ ।

संस्थाले सदस्यहरुको लागि रेमिट्यान्स सेवा, ई मोबाईल बैंकिंक पानी, बिजुलीको बिल भुक्तानी, टेलिफोन, इन्टरनेट सेवा, हवाई टिकट रिजार्च लगायतका सेवाहरु संचालन गरिरहेको छ ।
आगामी दिनमा संस्थाले क्यू.आर कोड सेवा पनि संचालनमा ल्याउने कुरा सहकारी सञ्जाललाई जानकारी गराएको छ ।

 

 

Leave a Reply