श्री कठार मध्यवर्ती सहकारीको १९ बार्षिक साधारण सभा सम्पन्न, सामाजिक कार्यमा संस्था अगाडि बढ्दै  

0 Shares

 

चितवनको खैरहनी नपा–१०  कठार बजारमा रहेको श्री कठार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक बार्षिक साधारण सभा  यहि मिति २०७८ मंसिर २९ गतेका दिन  कठार माध्यामिक विद्यालयको प्रांगण कठारमा  सम्पन्न गरिएको छ ।

सो कार्यक्रमको उद्घाटन खैरहनी नपा– १० का वडा अध्यक्ष कारीराम चौधरीले गर्नु भएको थियो । सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष प्रलाद कुमार केसी (क्षेत्री) ले संस्थाको बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रम संचालन संस्थाका व्यवस्थापक गोपाल भण्डारीले गर्नुभएको हो ।

त्यसैगरी सो कार्यक्रमको विशिष्ट अतिथिमा खैरहनी–११ का वडा अध्यक्ष हाकिम सिंह उप्रेती, खगेन्द्र मल्ली (चिरानी) मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष नमराज पाठक, राष्ट्रिय सहकारी बैंक टाडी शाखा प्रमुख नरेश कामती र अतिथिहरुमा संस्थाका पूर्व अध्यक्षहरु प्रेम बहादुर थापा, शंकर कुमार शर्मा, खड्ग बहादुर रेग्मी लगायत विभिन्न संघ –संस्थामा आबद्ध प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

संस्थाको लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका लेखा समिति सदस्य हेम बहादुर थापाले पेश गरेका थिए ।

२०५८ साल चैत्र ११ गते डिभिजन सहकारी कार्यालय चितवनमा दर्ता भई विधिवत रुपमा संचालन हुँदै आईरहेको उक्त संस्थाले हालसम्म आईपुग्दा शेयरपुँजी  १ करोड २१ लख ८२ हजार ९ सय रुपैया, कुल कारोबार १० करोड ८८ लाख ३८ हजार ३ सय ६८ रुपैया, ऋण लगानी ७ करोड ३९ लाख ७ सय ३५ रुपैया, जगेडा कोष, ६१ लख ७९ हजार ९ सय ९० रुपैया ४७  पैसा, कर पछिको नाफा ४२ लाख ८ हजार ३ सय ५४ रुपैया ९५ पैसा रहेको जानकारी गराईएको छ ।

संस्थाको कार्यक्षेत्र साविक कठार गाविस पुरै हाल खैरहनी नपा–१०÷११ रहेको छ ।

संस्थाले कृषि पशुपालन कर्जा, साना व्यवसाय कर्जा, घरजग्गा कर्जा, सामाजिक कार्यक्रमहरुलाई लक्षित गरी सामाजिक कर्जा, सदस्यहरुको लागि आपतकालिन कर्जा,  हायर पर्चेज अन्तर्गत  ( साना लगानीमा संचालित रहेका अटो रिक्सा चलाउने मजदुरहरुलाई सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आईरहेको छ ।

संस्थाले सदस्यहरुको बचत गर्ने बानीको विकास गर्नका लागि दैनिक बचत, मासिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत जस्ता आकर्षक बचत योजनाहरु संचालनमा ल्याएको छ ।

संंस्थाले बार्षिक  साधारण सभाको अवसर पारेर उत्कृष्ट बचत कर्ता, उत्कृष्ट शेयर सदस्य, असल ऋणी लगायतलाई सम्मान पनि गर्ने गरेको छ । संस्थाको सभाको अवसरमा कार्यक्षेत्र भित्रका नीजी तथा सामुदायिक विद्यालयका जेहेन्दार १० जना छात्रछात्राहरुलाई १००० नगद पुरुस्कार सहित सम्मान गरेको थियो । संस्थाले यो कार्यक्रमलाई बर्षैपिछे निरन्तरता दिँदै आईरहेको छ ।

त्यसैगरी संस्थाले जिल्ला स्तरीय खेलकुद क्लब, विद्यालय मंच निर्माण,  नेपाल रेडक्रस सोसाईटी कठार शाखा लगायतका सामाजिक कार्य गर्ने सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग समेत गर्ने गरेको संस्थाका व्यवस्थापक भण्डारीको भनाई छ ।

Leave a Reply