सहकारी अनुगमनमा स्थानीय सरकार कमजोर भयो – अम्बिका काफ्ले– प्रबन्धक माता बागेश्वरी साकोस नेपालगञ्ज
नेपालगञ्जको भूगोलमा आवश्यकता अनुसार संचालन भईरहेका सहकारी संस्था हुँदाहुँदै पनि बाह्य जिल्लाबाट आउने व्यक्तिहरुले आवश्यकता भन्दा बढि मात्रामा सहकारी संस्था खोली कारोबार गरिरहेको नेपालगञ्ज उपमहानगरपालिका धम्बोजी चोकमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक अम्बिका काफ्लेको भनाई छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारको कमजोरी पनि रहेको छ, हामीेले प्रत्यक्ष रुपमा बजारमा देखिरहेका छौं कि राज्यको अनुगमन कस्तो भईरहेको छ भनेर यसरी रातरातै सहकारी संस्थाको बोर्ड राख्न दिने हो भने यसले सहकारी क्षेत्रमा ठूलो दुर्घटना निम्त्याउन सक्ने उनको आरोप छ ।
राज्यले सहकारीलाई तिनखम्बे अर्थनीतिमा परिभाषित गरेको छ तर, व्यवहारमा लागू गर्नु सकिरहेको छैन, सबै सहकारीले कारोबारको आधारमा कर तिरिरहेका हुन्छन् । कर तिरे अनुसार केहि सुविधा छैन ।
कर तिरे अनुसार संस्थालाई विभिन्न तालिमहरु प्रदान गर्नु राज्यको दायित्व पनि हो ।
राज्यले सहकारी संस्थाले गरेको कार्यको आधारमा संस्थालाई सम्मान पनि गर्दैन र संस्थाको संरक्षण पनि छैन, यस्तो अवस्थामा सहकारी संस्था सचालन गर्न धेरै कठिनाई भोग्नुपर्ने हुन्छ ।
त्यसैगरी राज्यले सहकारी संस्थालाई नीति, विधि र प्रविधिमा लैजानु पर्ने हुन्छ । तर तत्काल फोर्स मर्जमा लाने कुरा त्यहि जायज देखिदैन र यो सम्भव पनि नरहेका उनको भनाई छ ।
राज्यले सहकारी संस्थालाई कर्जामा व्याजदर तोक्ने तर बचतमा मनोमानी तरिकाले हेर्ने दृष्टिकोण रहेको छ यसमा अनुगमन पाटो एकदमै फितलो भएको देखिन्छ ।
हाम्रो यस माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था २०७३ सालमा ऐतिहासिक एकिकरणमा अभियानमा लागेको संस्था हो । अहिले पनि हाम्रो यस सस्थाको आर्थिक सुचांक प्रगतिपथमा नै अगाडि बढिरहेको छ । हामी –नेफ्स्कुनको गुणस्तर मापनको प्रोवेशन कार्यक्रममा पनि आबद्ध भईसकेका छौं ।
अहिले हामी संस्थाको शेयरपूजी कारोबार र सदस्य संख्यालाई थप बृद्धि गरी कार्यक्षेत्र विस्तार गर्ने तयारीमा जुटिरहेका छौं ।
