बर्दियाको विश्वासिलो सहकारीले सहकारी जनजागरण अभियानबाट ४००० सदस्यता आबद्ध गराउने

0 Shares

बर्दियाको ठाकुरबाबा नपा– ८ मढेलामा आफ्नै साँढे ११ कठ्ठामा बनेको २ तले भवनबाट केन्द्रिय कार्यालय स्थापना गरी वित्तीय कारोबार गर्दै आईरहको विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले यहि मिति २०७८ साल कात्तिक १३ गतेका दिन आफ्नो २६ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
२०५२ साल जेठ ३ गतेका दिन डिभिजन सहकारी कार्यालय गुलरियामा दर्ता गरी उक्त संस्थाको स्थापना गरिएको थियो ।

२८ जना शेयर सदस्यहरुबाट २८ सयका दरले बचत संकलन गरी कारोबार संचालन गरिएको सो संस्थामा अहिले आएर शेयरपुँजी, ५ करोड ४० लाख ३५ हजार ५ सय रुपैया, बचत संकलन ३६ करोड ५४ लाख ३६ हजार ४ सय २२ रुपैया, जगेडा कोष ३ करोड ६० लाख ८९ हजार ५ सय ५४ रुपैया, संस्थाको स्थीर सम्पत्ति १ करोड २८ लाख ६ हजार ३ सय ६९ रुपैया रहेको छ भने संस्थामा पुरुष ५ हजार ३ सय ७७ , महिला १० हजार ४ सय २५ र संस्थाका ७९ वटा समूहमा गरी जम्मा १५ हजार ८ सय ८१ जन सदस्यहरु आबद्ध भईसकेका छन् ।

बर्दिया जिल्लाका पुरै स्थानीय तह कार्यक्षेत्र रहेको संस्थाले बर्दिया सहकारी जनजागरण अभियान कार्यक्रम पुरै जिल्लाभर संचालन गरिरहेको छ । उक्त संस्थाले शुरु गरेको यस सहकारी जनजागरण अभियान कार्यक्रमबाट पहिलो चरणमा २००० सदस्यहरु आबद्ध भएको संस्थाले नतिजा पाईसकेको छ । संस्थाको यो बर्दिया सहकारी जनजागरण अभियानबाट ४००० हजार सदस्य संख्या बढाउने लक्ष्य हो । तर हाल २००० आबद्ध भएपनि आउँदै गरेको २०७८ चैत्र २० गतेको राष्ट्रिय सहकारी दिवस सम्म ४००० सदस्य आबद्ध भईसक्ने संस्थाले सहकारी सञ्जाललाई जानकारी गराएको छ ।

 

संस्थाले सामुहिक दुर्घटना बिमा कार्यक्रम अन्तर्गत प्रत्येक सदस्यलाई दुर्घटना बिमा गर्ने गरेको छ । यसमा बार्षिक रुपमा सदस्यले ५० रुपैया र संस्थाले ५० रुपैया शुल्क तिर्नुपर्ने हुन्छ ।
यदि सदस्यको मृत्यु भएमा संस्थाले यो दुर्घटना बिमा मार्फत ४००००० लाख सम्म नगद उपलब्ध गराउने गरेको छ ।

 

त्यसैगरी संस्थाले ऋण बिमा पनि गरिरहेको छ । यो ऋण बिमा १० हजार माथि र १० लाख भन्दा तलको हुनेछ यसमा बार्षिक १ लाख बराबरको सदस्यले ६१५ शुल्क
तिर्नुपर्ने हुन्छ । यदि सदस्यको दुर्घटनामा परि मृत्यु भएमा ४लाख र ऋणको दोब्बर भुक्तानी पाउने व्यवस्था संस्थाले गरेको छ । यदि कालगतीले मृत्यु भएमा ऋण रकम बराबरको पाउने व्यवस्था संस्थाको नीतिमा रहेको छ ।

सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढिरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर लागयतका विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्दै आईरहेको छ ।
संस्थाले बर्दिया जिल्लाका १८ वटा स्थानहरुबाट सदस्य सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई थप सेवा प्रदान गरिरहेको छ ।
संस्थाले नियमित बचत, ऐच्छिक बचत, पटके कारोबार बचत, नाबालक बचत, सामुहिक बचत, खुत्रुके बचत, सुत्केरी बचत, जेष्ठ नागरिक बचत, सामान खरिद बचत, पर्व बचत, राहत कोष बचत, शिक्षा पेन्सन (लघूवित्त) आवधिक बचत लगायतका आकर्षक बचत योजनाहरु ल्याई सदस्यहरुलाई बचत गर्ने बानीको विकास समेत गराएको छ ।
त्यसैगरी संस्थाले कृषि तथा पशुपालन, व्यापारिक औद्योगिक, शैक्षिक, घरजग्गा, वैदेशिक रोजगार तथा शिक्षा, हायरपर्चेज, आकस्मिक, कोभिड, खरखाँचो लागयतका विभिन्न शिर्षकहरुमा सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आईरहेको छ ।

संस्थाले हालसम्म सेवा केन्द्र सहित ६० जना कर्मचारीलाई रोजगार बनाई रहेको छ ।
आउँदो असार मसान्तसम्म संस्थाले ३० हजार सदस्य आबद्ध गराउने लक्ष्य लिईएको जानकारी गराईएको छ ।
संस्थाले ७ हजार ३ सय २८ जना सदस्यलाई ४४ करोड भन्दा बढि ऋण प्रवाह गरी उनिहरुलाई उद्यमी समेत बनाउन सफल भएको छ ।

Leave a Reply