नमस्ते सहकारी नेपालगञ्जले साँढे ५ तलाको भवन १८ महिना भित्र सम्पन्न गर्ने

0 Shares

बाँकेको नेपालगञ्ज उप– महानगरपालका धम्बोझी चोकमा केन्द्रिय कार्यालय रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. ले नेपालगञ्ज उप– महानगरपालिका –१ मा संस्थाको २ कठ्ठा जग्गामा साँढे ५ तले भवन निर्माण कार्य तिब्र रुपमा अगाडि बढाईरहेको छ ।
बाँके जिल्लाको नमूना संस्थाको रुपमा स्थापित भएर आफ्नो छुट्टै पहिचान बनाई सदस्यहरुको सेवालाई निरन्तरता दिँदै आईरहेको सो संस्थाले १० करोड लागतमा १८ महिना भित्रमा सो भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य दिएको सोहि संस्थाका व्यवस्थापक कुल बहादुर आलेको भनाई छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) को प्रवेशन कार्यक्रममा समेत आबद्ध भईसकेको उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, सरसफाई, नगर बृक्षारोपण, सदस्यहरुलाई सहकारी शिक्षा तालिम तथा विभिन्न गोष्ठीहरु समेत आयोजना गर्दैआईरहेको छ ।
त्यसैगरी संस्थाको आव २०७७÷०७८ सम्म शेयरापुँजी ५५,५९३,५००।– कुल निक्षेप ४७७,३६७,११६÷६१ कर्जा लगानी ७५९,६८१,६१८÷ सञ्चालन मुनाफा ४,२५५,४४६÷९१ कुल कारोबार ९७१,८२२,२९३÷९८ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले सदस्यहरुलाई मोबाईल बैंकिङ्ग अन्तर्गत क्युआर कोडको माध्यमबाट चेक बिनै सदस्यहरुलाई भुक्तनी लिने दिने व्यवस्था, ई सेवा, खल्ती, आईएमई पे, प्रभु पे वालेट बाट रकम लोड गर्न सकिने, मोबाईल ल्याण्डलाईन, इन्टरनेट टिभीको बिल भक्तानी गर्न सकिने, हवाई टिकट इन्स्योरेन्स प्रिमियम तिर्न सकिने, विजुली पानीको बिल भुक्तानी लगायतका विभिन्न डिजिटल सेवाहरु संस्थाले सदस्यरुलाई प्रदान गरिहेको छ ।
संस्थाको रेमिट्यान्स सेवा पनि निरन्तर रुपमा संचालित रहेको छ ।
संस्थाले सदस्यहरुका लागि साधारण बचत, विद्यार्थी बचत, नारी बचत, नमस्ते बिजनेश बचत, नमस्ते स्पेशल बचत, नमस्ते कल बचत, नमस्ते सदस्य सुविधा बचत, नमस्ते सुपर बचत, नमस्ते पत्रेदार बचत, नमस्ते बिजनेश प्लस लगायतका संस्थाका आकर्षक बचत योजनाहरु संचालित रहेका छन् ।
त्यसैगरी संस्थाले व्यापरिक उद्योग कर्जा, कृषि कर्जा, घरजग्गा खरिद तथा निर्माण कर्जा, शैक्षिक कर्जा, बैदेशिक रोजगार कर्जा, अन्य कर्जा, हायरपर्चेज कर्जा, सामुहिक जमानी कर्जा, सहुलियत कर्जा, व्यक्तिगत कर्जा, आवधिक रसिद धितो कर्जा, युवा स्वरोजगार लगायतका शिर्षकमा संस्थाले सर्बशुलभ रुपमा ऋण लगानी समेत गर्दै आईरहेको छ ।
संस्थाले बाँकेको न्युरोड कोहलपुर खजुरा गाउँपालिकामा समेत सेवाकेन्द्र स्थापना गरी कारोबार संचालन गरिरहेको छ । संस्थाले आगामी दिनमा शेयरपूँजी कारोबार बृद्धि र सदस्यता बढाउने लक्ष्य समेत अगाडि सारेको जानकारी गराईएको छ

Leave a Reply