मोरङ सहकारी लेटाङले सुरु ग-यो मोबाईल बैंकिङ सेवाको शुरुवात

0 Shares

मोरङ्ग जिल्लाको लेटाङ्गमा आफ्नै सुबिधा सम्पन्न भवनबाट बित्तिय कारोबार गर्दै आईरहेको मोरङ्ग बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक सदस्यहरुको सेवालाई मध्यनजर गरी मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

संस्थाले सदस्यहरुको सेवालाई थप प्रभावकारी बनाउनको लागि सो मोबाइल एप सेवा सञ्चालनमा ल्याएको हो संस्थाका व्यवस्थापक निरज शाक्यको भनाई छ ।
सो मोबाइल बैंकिङ सेवाबाट सदस्यहरुले बैंकमा रकम ट्रान्सफरदेखि विभिन्न युटिलिटी पेमेन्ट र डिजिटल कारोबार गर्न सक्नेछन् । यो सेवाबाट अब सदस्यहरुलाई समय बचत सँगै कारोबारमा सजिलो समेत हुने भएको छ ।

यो संस्थाको मोबाईल बैंकिङ सेवा प्रयोग गरे वापत संस्थाका सदस्यहरुले बार्षिक १०० रुपैया तिर्नुपर्ने हुन्छ ।
अन्तराष्ट्रिय सहकारी, मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई बिशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थाले १ करोड ५० लाख भन्दा माथिको शेयरपुँजी र ३० करोड भन्दा बढिको कारोबार पु¥याउन सफल भएको छ । संस्थामा करिब ३ हजार २ सयको हाराहारीमा सदस्यहरु पुग्न लागिसकेका छन् ।

Leave a Reply