होलिका सहकारी नेपालगञ्जले सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै

0 Shares

बाँकेको नेपालगञ्ज –१३ न्युरोडमा रहेको होलिका बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं बार्षिक साधारण सभा यहि मिति २०७८ मंसिर २५ गतेका दिन सम्पन्न गरिएको छ । सो साधारण सभाको अध्यक्षता सोहि संस्थालका अध्यक्ष गजेन्द्रकुमार खड्काले गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले सदस्यहरुको साथ सहयोग र कर्मचारीहरुको कुलश व्यवस्थापनले गर्दा नै संस्थाले २१ औं साधारण सभा सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै विश्वभर फैलिएको (कोभिड १९ को कारणले गर्दा संस्थाका सदस्यहरुलाई प्रत्यक्ष रुपमा असर परिहेको त्यस्तो अवस्थामा पनि संस्थाले वित्तीय सेवाबाट बन्चित नगराएको कुरा पनि सो सभामा जानकारी गराउनु भयो । सहकारी संस्थाका सदस्यहरु भने मेरुदण्ड जस्तै हुन् सदस्य बलियो भएमा मात्र संस्था बलियो रुपमा अगाडि बढ्ने उहाँको तर्क समेत राख्नुभएको थियो ।
त्यसैगरी सोहि संस्थाका सचिव नारायण दक्त पोख्रेलले संस्थाको आव २०७७÷२०७८ को अनुमानित आम्दानीको कार्ययोजना विवरण पेश गर्नुभएको थियो ।
२०५७ साल साल असोज १० गतेका दिन स्थापना भएको सो संस्थाले सदस्यहरुको सेवालाई अहिलेसम्म निरन्तरता दिँदै आईरहेको छ । सो संस्थाको हाल कार्यक्षेत्र नेपालगञ्ज उप– महानगपालिका र जानकी गा.पा का केहि वडाहरु रहेका छन् ।
संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ट ऋृणि, बचतकर्ता, शेयर सदस्य, जेष्ठ नागरिक उत्कृष्ट कर्मचारी र एसर्र्ईइमा उत्कृष्ट हुने छात्रछात्रा लगयातहरुलाई सम्मान समेत गर्ने गरेको छ ।
त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सुत्केरी भेटघाट गरी उनिहरुलाई फलफुल अण्डा वितरण गर्ने, बृद्धबृद्धा अनाथलाई सहयोग गर्ने, स्थानीय खेलकुद क्लबहरुलाई खेलकुद सामाग्री, टिसर्ट वितरण लगायतका संस्थाका विभिन्न उत्कृष्ट सामाजिक कार्यहरु रहेका छन् ।
सो संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को प्रोवेशन कार्यक्रममा समेत आबद्ध भईसकेको छ ।
संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्तसम्म शेयरपुँजी १ करोड २ लाख ८७ हजार ४ सय रुपैया, कुल कारोबार ३१ करोड पैतालिस लाख ११ हजार ८ सय ६९ रुपैया १५ पैसा रहेको संस्थाका कोषाध्यक्ष रमेश गहतराजले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थामा हालसम्म १६ सय भन्दा बढि सदस्यहरु आबद्ध भईसकेका छन् ।
संस्थाले एच्छिक बचत, अनिवार्य बचत, बालबालिका बचत, जेष्ठ नागरिक बचत, चाडपर्व बचत, गहना बचत, शिक्षा बचत, उपचार बचत, गृहणी बचत, लघु बचत लगायतका उत्कृष्ट बचत योजनाहरु संचालनमा ल्याईरहेको छ ।
संस्थाले व्यवसायिक ऋण, कृषि ऋण, आवाश ऋण, हायरपर्चेज ऋण, बचत ऋण, औषधी उपचार कर्जा, शिक्षा कर्जा लगायतका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिई सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आईरहेको छ ।
संस्थाले आगामी दिनहरु शेयरपुँजी, कारोबार सदस्यता बृद्धि गर्ने, कार्यक्षेत्र बढाउने र साधारण सभाले पारित गरेका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै जाने संस्थाको योजना रहेको सोहि संस्थाका व्यवस्थापक किशोर बहादुर थापाले सहकारी सञ्जाललाई जानकारी गराउनु भएको छ ।

 

 

 

Leave a Reply