सजिलो सहकारी भरतपुरको १० औं बार्षिक साधारण सभा सम्पन्न
चितवन ,भरतपुर २३ कृष्ण चोकमा अबस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा गएको असोज महिनामा सम्पन्न गरिएको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर इकाई अन्तर्गत सो साधारणसभा सुरु गरेको हो । सस्थाँका सदस्यहरु लाई सदस्यता नम्बरको आधारमा बिभाजन गरी साधारण सभा सुरु गरीएको थियो । असोज २०७८ असोज २२, २३ र २४ गते इकाई साधारणसभा र कात्तिक ३ गते प्रतिनिधिमूलक साधारण सभा हुने सस्थाँका अध्यक्ष मिन बहादुर परीयारले बताउनुभयो । कोभीड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको सहकारी सस्थाँको साधारण सभा कार्यव्याबस्था निर्देशिका २०७७ अनुरुप संस्थाले साधारण सभा सुरु गरेको अध्यक्ष परीयारको भनाई थियो । साथै उहाँले सो े कार्यक्रमलाई सम्बोधन गदैँ सहकारीको प्रगतिमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरता रहने अपेक्षा रहेको जानकारी गराउनुभयो ।
सो इकाई साधारण सभामा सदस्यहरुको सुझाब सङकलन गरीएको थियो
साधारणसभाको प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष तोयनाथ पौडेल तथा बिशिष्ट्र अतिथि सस्थाका पुर्व अध्यक्ष कृष्ण श्याम गिरि रहनुभएको थियो । सस्थाका सचिब लिलानाथ न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रम अध्यक्ष परीयारको सभापतित्वमा सम्पन्न भएको हो ।

