नवलपरासीको उत्कृष्ट संस्था हाम्रो सुपर सहकारीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
नपलपरासीको बर्दघाट चिसापानीमा मुख्य कार्यालय रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारीको ११ औं स्थापना दिवस यहि मिति २०७८ माघ २ गतेका दिन एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
सो संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट नपा– ३ मा रहेको जानकी प्राथमिक विद्यालयका अध्ययनरत अति जेहेन्दार परिवारका ५३ जना विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको सोहि संस्थाका व्यवस्थापक विष्णु बस्नेतको भनाई छ । सो कार्यक्रमको आतिथ्यता ग्रहण सोहि संस्थाका अध्यक्ष खेमराज सुबेदीले गर्नुभएको थियो ।
संस्थाकी निवर्तमान अध्यक्ष माता देवी पौडेलले सो कार्यक्रमको समापन गर्नुभएको थियो । सो कार्यक्रमको प्रमुख आतिथ्यता बर्दघाट नपा– ३ का वडा सदस्य जगबहादुर लामिछाने गरेका हुन् ।
।
त्यसैगरी संस्थाले यहि पौष ः२८ गतेका दिन एक कार्यक्रमको आयोजना गरी प्राथमिक पशु स्वास्थ्य तथा रोग पहिचान तालिम सम्पन्न गरेको छ । सो तालिम तीन दिन सम्म संचालन गरी सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमको उद्घाटन बर्दघाट नगर प्रमुख धीरज शर्माले गर्नु भएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले पशु तथा कृषि क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्ने कुराको जानकारी गराउँदै किसानहरुको हितमा लागेर सहकारीलाई उत्पादनमूलक काम गर्न उहाँले सुझाव समेत दिनुभयो ।
सो कार्यक्रम संस्थाका व्यवस्थापक बस्नेतले संचालन गर्नुभएको हो । सो कार्यक्रमको अध्यक्षता संस्थाकी उपाध्यक्ष सावित्री दुवाडीले गर्नुभएको थियो । उक्त कार्यक्रममा पशु विकास शाखा प्रमुख भरत लम्साल लगायत विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले कोरोना माहामारी मापदण्ड अपनाई, इकाई अन्तर्गत २०७८ कार्तिक २७ गतेका दिन आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
त्यसैगरी सो संस्थाको 2078 पुस मसान्तसम्मको शेयरपुँजी 2,58,44,900\00, बचत संकलन 22,83,59,005\51, ऋण लगानी 25,70,09,326\53, जगेडाकोष 1,25,05,926\98, कुल कारोबार 29,83,31,144\59 रहेको संस्थाले जानकारी गराएको छ ।
बर्दघाट नपा– को पुरै कार्यक्षेत्र रहेको सो संस्थामा हालसम्म महिला, २८५७ पुरुष १६४२ अन्य ११ गरी जम्मा ४ हजार ५ सय १० जना सदस्यहरु आबद्ध भईसकेका छन् भने ८४६ जना बाल बचतकर्ता सदस्यहरु रहेका छन् ।
संस्थाका , जिमिरेभार सेवा केन्द्र, भटौलिया सेवा केन्द्र, एकता महिला सेवा केन्द्र, पचंनगर सेवा केन्द्रहरु संचालनमा रहेका छन् ।
सो बार्षिक साधारण सभाको अवसरमा संस्थाले सदस्य तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा संस्थाकी असल ऋणीमा सरिता थापा, नर बहादुर थापा मगर, हुमा कुमारी सारु मगर, बाल बचत कर्ताहरुमा आदर्श कुर्मी, कृतिका चापागाई, सब्या गौतम, जेष्ठ सदस्य शोभाकर पाण्डे, नियमित बचतकर्ता, राधिका क्षेत्री, उत्कृष्ट बचतकर्ता तुल्सी चापागाई, उत्कृष्ट कर्मचारी दिपिका चौधरी, उत्कृष्ट सिस्टर क्लब सरिता थापा, उत्कृष्ट संचालक समिति बिमल कुमार श्रेष्ठ, उत्कृष् कृषि व्यवसायी चन्द्र कुमारी बुढा, उत्कृष्ट व्यवसायी भिमप्रसाद अधिकारी, एकल स्वालम्बी सदस्य गोमती राना, सक्रिय सदस्यहरु चन्द्रकुमारी आले,कल्पना पौडेल, फुलमाया विक, दएसर्ई मा उत्कृष्ट हुने छात्रछात्राहरुमा अण्डर एसर्ईई तर्फ अदिति पाण्डे, शुसान्त सुबेदी एसईई तर्फ गौरव ज्ञवालीलाइ सम्मान गरेको थियो ।
