दाउन्ने देवी महिला सहकारी सामाजिक कार्यमा अग्रगतिमा अगाडि बढ्दै

0 Shares

नवलपरासीको बर्दघाटमा रहेको दाउन्ने देवी  महिला बहुउद्देश्यीय सहकारी संस्थाले बर्दघाट – २ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पस र बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसलाई रु १÷१ लाखका दरले आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक कोषबाट उक्त रकम सहयोग गरेको बताईएको छ ।
सो संस्थाले यहि मिति २०७८ साल मंसिर १५ गतेका दिन आफ्नो २४ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका बर्दघाट नपा– प्रमुख धिरज शर्मा बस्यालले गरेका थिए । सो सभामा बोल्दै नगर प्रमख बस्यालले उक्त संस्थाको बार्षिक प्रतिवेदनमा देखिएका सबै आर्थिक सुचांहरुमा उल्लेख्य मात्रामा प्रगतिपथमा अगाडि बढिरहेको कुरा जानकारी समेत गराएका थिए ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी अध्यक्ष देवी पौडेलले गर्नु भएको थियो । सो सभामा बोल्दै अध्यक्ष पौडलले सदस्यहरुको साथ सहयोग र कर्मचारीहरुको कुशल व्यवस्थापनका कारणले गर्दा नै आज संस्थाले २४ औं बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सफल भएको कुरा सभामा जानकारी गराउनु भएको थियो ।

बर्दघाट नपा– पुरै कार्यक्षेत्र रहेको सो संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर सदस्यहरुलाई सम्मान समेत गरेको छ सम्मानित हुने सदस्यहरु जेष्ठ सदस्य २ जना, बाल बचतकर्ता २ जना, विभिन्न शिर्षकमा कर्जा लिएर व्यवसायमा लागेका उत्कृष्ट ऋणि ६ जना, उत्कृष्ट बचतकर्ता ५ जना, उत्कृष्ट शेयर सदस्य १जना सम्मान गर्नुका साथै विभिन्न क्षेत्रबाट संस्थाको सामाजिक सेवा कोषमा सहयोग गरी योगदान पु¥याउने ७ जना सामाजिक व्यक्तित्वहरुलाई समेत संस्थाले सो अवसरमा सम्मान गरेको हो ।
संस्थाको आर्थिक बर्ष २०७८ पुस मसान्तसम्म शेयरपुँजी १ करोड ५४ लाख, बचत संकलन, ११ करोड ८७ लाख ८४ हजार ८७ रुपैया, ऋण लगानी १३ करोड २० लाख रहेको छ भने संस्थामा हालसम्म २ हजार भन्दा बढि सदस्यता आबद्ध भईसकेको सो संस्थाकी व्यवस्थापक हिरादेवी शाहीको भनाई छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुमा अग्रगतिमा अगाडि बढ्दै आईरहेको सो संस्थाले २०६६ सालदेखी घरेलु हिंसाबाट पिडित भएका महिलाहरुको लागि न्याय दिलाउन प्रयास गर्ने र धेरै अप्ठ्यारो भएको अवस्थामा त्यस्ता पिडितहरुको लागि अदालतमा समेत गएर न्याय दिलाउने कार्यमा सहयोग गरिरहेको छ ।
सो कार्य गर्न संस्थाले महिला बालबालिका मन्त्रालय अन्तर्गतबाट आउने कोषको माध्यमबाट सहयोग गर्ने गरेको छ । सो सहयोग रकम संस्थालाई रामग्राम नपा– र सामाजिक विकास डिभिजन कार्यालय भैरहवाबाट सहयोग प्राप्त हुने गरेको संस्थाकी व्यवस्थापक शाहीले सहकारी सञ्जाललाई जानकारी गराउनु भयो ।
सो कार्यको लागि संस्थाले आफ्नै कार्यालयमा अल्पकालिन जिल्ला सेवा केन्द्रको स्थापना गरी कार्य गरिरहेको छ ।

Leave a Reply