लुम्बिनी सहकारीले ग-यो सदस्य लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उत्कृष्ट सम्मान
रुपन्देहीको बुटवल राम मन्दिर लाईनमा रहेको रुपन्देही जिल्लाकै उत्कृष्ट संस्था लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाले यहि मिति २०७८ साल पुस १० गतेका दिन एक औपचारिक कार्यक्रमको आयोजना गरी सो स्थापना दिवसको मनाएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेश बचत तथ ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद नेपालले गर्नुभएको भएको थियो । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालले संस्थाले आफ्नो शेयर सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयनमा टेवा पु¥याएको छ, बचत गर्न प्रोत्साहित गरेको छ, तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरेर व्यावसायिक बनाएको छ, नेतृत्व विकास र महिला सशक्तीकरणमा टेवा पु¥याउनुका साथै रूपन्देही जिल्लामा बचत संघ स्थापना गर्नमा गहन भूमिका निर्वाह गरेको छ भनु भयो । साथै यस संस्थाले राष्ट्रिय सहकारी बैंक, नेफ्स्कूनका साथै समग्र सहकारी अभियानलाई सधै सहयोग र साथ दिएको प्रशंसनीय छ पनि भन्नुभयो ।
संस्थाले सो अवसरमा ८० बर्ष पुगेका ११ जना जेष्ठ सदस्यहरुलाई प्रमाण– पत्र र नगद पुरुस्कार सहित सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट बचतकर्ताहरुमा तेजकुमारी अमात्य, संजयराज बस्याल, अमृतलाल श्रेष्ठ, स्वस्तिका अग्रहरी, संजय गैरै, सुन्दरलाल श्रेष्ठ र उपभोक्ता सदस्यहरु सुनिल कृष्ण श्रेष्ठ, मानकुमारी श्रेष्ठ, कृष्ण ठकुरी, सुर्यप्रसाद रेग्मीलाई संस्थालाई विशेष प्राथमिकता दिई संस्थाको कारोबारमा टेवा पु¥याएको भनी सम्मान गरिएको थियो ।
त्यसैगरी शेयर सदस्य तुल्सी प्रसाद रेग्मीकी छोरी र्इं. सारिका रेग्मीलाई इन्जिनियर उपाधि प्राप्त गर्न सफल भएकीले प्रोत्साहन स्वरूप प्रशंसा पत्र र नगद पुरस्कारबाट सम्मान गर्नुका साथै निम्न कर्मचारी र सहयोगीहरू कृष्ण खत्री, माया रेश्मी, राम बहादुर श्रेष्ठ, दया प्रकाश चौधरी, टोप बहादुर राना, सीता शर्मा पंगेनी, पूर्णकला गौतम र सञ्चारकर्मीहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो
कोरोनाको कारणले स्थगित भएको लुम्बिनी साहित्य पुरस्कार–२०७८ यसै संस्थाको २५औं स्थापना दिवसको सुखद अवसरमा छत्रकोट गाउँपालिका, गुल्मी हाल शकंरनगर, रूपन्देही निवासी बालसाहित्यकार, नियात्राकार, लघुकथाकारका रूपमा सुपरिचित विगत तीन दशक देखि नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएकोले निजको उच्च मूल्याङ्कन गर्दै दुर्गा पौड्याललाई प्रदान गरिएको हो ।
संस्थाका व्यवस्थापक विनोद प्रताप राणाको सञ्चालन र संचालक तथा महिला उप–समितिका संयोजक सुजिता शेरचनको स्वागत भाषणबाट प्रारम्भ भएको समारोहमा राष्ट्रगान, लुम्बिनी संस्थाको गान, दिवङ्गत सहकारी कर्मीहरू प्रति श्रद्धा–सुमन अर्पण र विभिन्न अतिथि तथा शेयर सदस्यहरूले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यैसैगरी सोहि संस्थाका अध्यक्ष श्रेष्ठले यो आ.व.२०७८÷२०७९ पञ्चवर्ष योजना अन्तरर्गतको अन्तिम वर्ष भएकोले निर्धारित योजना अनुसार शेयर पूँजी २० करोड, बचत सङ्कलन १२० करोड, ऋण लगानी १२५ करोड र सदस्य संस्था ३५०० पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । संस्थागत पूँजी ९.५० करोड पु¥याउने लक्ष्य रहेकोमा १० करोड नाघिसकेको छ । पाँचवटा सेवा केन्द्र खोल्ने लक्ष्य रहेकोमा बु.उप.म.न.पा.को बेलबास र देवीनगरमा खोलिसकिएको र अब देवदहको भलुही, नयाँगाऊँ, फर्साटिकरमा सेवा केन्द्र विस्तार गरी कार्यक्षेत्र रूपन्देही जिल्ला भर भएकोले ६ वटै न.पा.हरू र गा.पा.हरूमा पनि विस्तार गर्दै जाने, सहकारीहरू सँग एकीकरण पनि गर्र्दै जाने कुराको जानकारी गराउनुभयो ।
सहकारीहरूलाई उत्पादनमा जोड्ने राष्ट्रिय नीति अनुरूप नेपालमै प्रथम प्रयास गरि UHT प्रविधिबाट प्रशोधित दुग्ध र दुग्धबाट बन्ने नौनी, दही, मोही, घ्यू, चिज, आइसक्रिम इत्यादि उत्पादन गर्ने उद्देश्यले स्थापित लुम्बिनी विशिष्टिकृत सहकारी संघको एक करोडको शेयर खरिद गर्ने गरी सदस्यता लिएको छ । यसबाट यस प्रदेशकै पशुपालन, दाना उद्योग, दुग्ध व्यावसायी र उपभोक्ता समेत लाभान्वित भई राष्ट्रिय अर्थतन्त्रलाई नै टेवा पु-याउने छ ।
हाम्रो पञ्चवर्षीय योजना अनुरूप भविष्यमा हाम्रो केन्द्रीय कार्यालयको लागि हालको स्थान अभाव हुने, पार्किङ्गको समस्या हुने तथा सहकारी शिक्षा, विभिन्न तालिमहरू निरन्तर सञ्चालन हुने तथा अन्य सहकारीहरूलाई पनि आवासीय तालिम सञ्चालन गर्न उपयुक्त र अत्याधुनिक सुविधायुक्त तालिमकेन्द्र स्थापना गर्नका लागि बुटवलबाट करिब ८ किलोमिटरको दूरीमा हिरापुर, शुद्धोधन गा.वि.स.मा दशकट्टा जग्गा खरीद भैसकेको र कम्पाउण्ड वाल निर्माण भैरहेको र अब हामी नीति, विधि र प्रविधिको अनुरूप अग्रसर हुने बताउनु भयो । सहकारीको सबैभन्दा सबल पक्ष भनेको आफ्ना सदस्यहरू भएकाले सबै सदस्यहरूको साथ र सहयोग अपरिहार्य रहन्छ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनालाई सदा हृदयङ्गम गरौं, इमान्दर बनौं, सकारात्मक सोंच राखौं, संस्थालाई माया गरौं भन्दै आफ्नो मन्तव्य समेत राख्नु भएको थियो ।
संस्थाको आर्थिक बर्ष २०७८ पौष २४ गतेसम्मको महिला 1449, पुरुष 1469 संस्थागत सदस्य o 52, जम्मा सदस्य संख्या 2970, शेयर पूँजी 18,94,50,300.– संस्थागत पूँजी 10,38,29,386.40 बचत संकलन1,47,40,77,804.41 बचत फिर्ताः– 37,00,85,360.31 बचत मौज्दात 1,10,39,92,444.10 कर्जा लगानी 87,80,08,793.73 कर्जा असुली–10,18,12,244.43 कर्जा मौज्दात77,61,96,549.30 कोष हिसाव3,57,88,786.58 लगानी ः–46,46,57,550.11 रहेको छ । संस्थाको कार्यक्षेत्र रुपन्देही जिल्लाभर रहेको छ ।\

