मेरिट सहकारी बाणगंगाको १० औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

कपिलवस्तुको वाणगंगा नपामा रहेको मेरिट बचत तथा ऋण सहकारी संस्था लि. को १० औं बार्षिक साधारण सभा यहि मिति २०७८ पुस २४ गते शनिवारका दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका वाणगंगा नगरपालिका प्रमुुख चक्रपाणी अर्यालले गर्नुभएको थियो ।
सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै संस्थाका अध्यक्ष विष्णु प्रसाद खनालले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
२०६८ बैशाख १ गतेका दिन डिभिजन सहकारी कार्यालय कपिल वस्तुमा दर्ता भई २५ जना शेयर सदस्यहरुबाट २५ हजार पुँजी संकलन गरी कारोबार शुरु गर्दै आईरहेको सो
त्यसैगरी कार्यक्रम संचालन सोहि संस्थाका सचिव प्रकाश घिमिरेले गरेका थिए भने लेखा समिति संयोजक गोविन्द प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए ।
सा कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक सरोज खनालले गर्नुभएको हो ।

संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा ५ करोड ८ लाख ३० हजार ५ सय रुपैया, कुल कारोबार ३२ करोड ८४ लाख ९१ हजार ९ सय रुपैया, बचत संकलन २३ करोड ६६ लाख ९० हजार ९ सय ७२ रुपैया, ऋण लगानी २८ करोड ४३ लाख ९० हजार ९ सय ६४ रुपैया रहेको छ भने संस्थामा संस्थामा हालसम्म ३ हजार ४ सय १३ जना सदस्यहरु आबद्ध भईसकेको संस्थाका सह– व्यवस्थापक गोविन्द केसीको भनाई छ ।
संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर नियमित बचतकर्ता ५ जना, उत्कृष्ट बचत तथा ऋण कारोबारकर्ता २ जना, असल ऋणी २ जना र जेष्ठ नागरिक सदस्य १ जनालाई सम्मान गरेको थियो ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थाले कारोना माहामारीको आवस्थामा पनि फिल्डमा खटिएर काम गर्ने पत्रकार लगायतहरुलाई पिपिसेट, माक्स, सेनिटाईजरहरु समेत वितरण गरेको थियो ।
संस्थाले आगामी दिनहरुमा सस्थाको आफ्नै भवन निर्माण गर्ने योजना समेत बनाईरहेको छ ।

Leave a Reply