मोरङका रमाईलो सहकारी र जनएकता सहकारी एउटै भए

0 Shares

मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको रमाइलो बचत तथा ऋण सहकारी संस्था लि.ले र जनएकता बचत तथा ऋण सहकारीलाई एकीकरण गरेको छ ।
दुबै संस्था एकिकृत भएपछि संस्थाको नाम रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था राखिएका जानकारी गराईएको छ ।
त्यसैगरी एकिकृत पछि संस्थाले भोला प्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरेको छ ।
संस्थाको उपाध्यक्षमा अम्बिका प्रसाद अर्याल, यशोदा लिम्बु, सचिवमा टङ्क बहादुर अधिकारी, सह –सचिवमा युवराज दवाडी र कोषाध्यक्षमा त्रिभुनाथ फुयाँल रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा प्रमीला धिमाल, अनिल कार्की, तारा ओझा राजवंशी, कुमार फुयाँल र डिल्ली प्रसाद ओझा इच्छा कोइराला, राजेश कार्की, गीता कार्की, नारायण काफ्ले, रहेका छन् ।
संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा रवीन्द्र पाठक र सदस्यहरूमा विमला कटुवालर बोधनारायण राजवंशी रहेका छन् ।

 

Leave a Reply