ललितपुरको कञ्चनजंघा सहकारीले शुरु गर्यो मोबाईल बैंकिङ सेवा

0 Shares

ललितपुरको महालक्ष्मी नपा– १ मा मुख्य कार्यालय रहेको कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुको गुणस्तरीय र आधुनिका सेवालाई जोड दिदै कञ्चनजंघा मोबाइल बैंकिङ एप्स सन्चालनमा ल्याएको छ ।
संस्थाको सो सेवा मार्फत सदस्यहरुले आफ्नो बचत खाताबाट प्रती कारोवार सिमाः रु ५० हजार, प्रति दिन सिमाः रु १ लाख र प्रती महिना सिमा रु १० लाख सम्म इच्छा अनुसारको बैंक खातामा रकमान्तर (Transfer) गर्न सक्ने जानकारी गराईएको छ ।
अन्तराष्ट्रिय सहकारी, मूल्य मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम पनि संचालन गरिरहेको छ । संस्थाको यो मोबाइल बैंकिङ् सेवाबाट सदस्यहरु थप उत्साहित हुने देखिएको छ ।

Leave a Reply