कपिलवस्तुको जयबुद्ध सहकारीले ग-यो ५० जना संस्थापक शेयर सदस्यहरुलाई सम्मान

कपिलवस्तुको बुद्धभूमी नपा– गोरुसिंहेमा रहेको जयबुद्ध बहुउद्देश्यीय सहकारी संस्था लि ११ औं बार्षिक साधारण सभा यहि पुस २४ गतेका दिन सम्पन्न गरिसकेको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका बुद्धभूमी नगरपालिका प्रमुख केशब कुमार श्रेष्ठले गरेका थिए ।
त्यसैगरी सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस संस्थाले सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सदस्य केन्द्रित भएर सेवा प्रदान गरिरहेको कुरा सो सभामा जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष माधब दमासेले गर्नुभएको थियो ।
सो सभामा बोल्दै अध्यक्ष दमासेले सहकारी संस्थामा आबद्ध सदस्यहरु र कर्मचारीको कुशल व्यवस्थापनले गर्दा नै आज आएर संस्थाले ११ औं बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सफल भएको कुरा जानकारी गराउनु भयो ।
साथै उहाँले भोलिका दिनहरुमा पनि सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी थप सेवा सुविधाहरु प्रदान गर्दै जाने उहाँको थप भनाई थियो ।
कार्यक्रम संचालन दधिराम न्यौपाने गर्नुभएको थियो भने संस्थाको लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका लेखा समिति संयोजक साहस शर्मा घिमिरेले पेश गर्नुभएको हो ।
कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक राधिका अधिकारीले गरेकी थिईन ।
२०६७ साल माघ १० गतेका दिन डिभिजन सहकारी कार्यालय कपिलवस्तुमा दर्ता भई ५० जना शेयर सदस्यहरुबाट ५ हजारका दरले पुँजी संकलन गरी विधिवत रुपमा कारोबार संचालन गर्दै आईरहेको सो संस्थाको हालसम्म आईपुग्दा खेरी शेयरपुँजी १ करोड ६५ लाख ३४ हजार भन्दा माथि, बचत संकलन ११ करोड ४७ लाख ५० हजार ९ सय १५ रुपैया, कुल कारोबार १४ करोड २१ लख २९ हजार ५३ रुपैया, ऋण लगानी १२ करोड ५ लाख ३३ हजार, जगेडा कोष ५० लाख रहेको बताईएको छ ।
संस्थामा महिला ५०२ र पुरुष ४६४ गरी ९ सय ६६ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।
संस्थाले बार्षिक साधारण सभाको सो अवसरमा संस्थाका ५० जना शेयर सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको छ । त्यसैगरी जेष्ठ नागरिक सदस्यहरुमा १ जना महिला र १ जना पुरुष र एसर्ईई, प्लस टूमा ३.६ भन्दा माथि ग्रेड ल्याउने शेयर सदस्यहरुका छोरोछोरीहरु मध्येबाट २१ जनालाई संस्थाले सम्मान समेत गरेको छ ।
त्यसैगरी संस्थाले एउटा विद्यालयमा २ जनाका दरले ३ वटा विद्यालयमा ६ जना अध्यनरत जेहेन्दार छात्राछात्रहरुलाई छात्रबृद्धिको व्यवस्था नियमित रुपमा गर्दै आईरहेको जानकारी गराईएको छ ।
सहकारी,मुल्य मान्यता र सिद्धान्तको पालन गर्दै अघि बढिरहेको सो संस्थाले सदस्याहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम लगायत रेमिट्यान्सको समेत सुविधा प्रदान गर्दै आईरहेको छ ।