त्रिवेणी मध्यवर्ती सहकारीमा नयाँ संचालक समिति चयन

0 Shares

नवलपरासीको विनयी त्रिवेणी गा.पा–६ मा रहेको त्रिवेणी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा विनयी त्रिवेणी गा.पा मा रहेको ज्योति बौद्ध विहार गुम्बामा यहि मिति २०७८ पौष १८ गतेका दिन सम्पन्न भईसकेको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गौतमले उद्घाटन गरेका थिए ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विक्रम थापा क्षेत्रीले गर्नुभएको थियो । साथै उहाँले संस्थाको बार्षिक प्रगति प्रतिवेदन समेत पेश गर्नु भएको हो ।
कार्यक्रम संचालन कार्यालय सहायक तथा संस्थाका शेयर सदस्य भूपेन्द्र बहादुर थापाले गर्नुभएको हो ।
त्यसैगरी संस्थाको आर्थिक प्रतिवेदन संस्थाका प्रबन्धक खेम बहादुर रानाले पेश गर्नुभएको हो ।
२०६२ साल चैत्र २२ गतेका दिन दर्ता भई २५ जना शेयर सदस्यहरुबाट २५०० का दरले बचत संकलन गरी विधिवत रुपमा आफ्नो कारोबार संचालन गर्दै आईरहेको सो संस्थाको २०७८ पुस १७ गतेसम्मको शेयरपुँजी ७३ लाख ४७ हजार ४ सय रुपैया, बचत संकलन २ करोड ६५ लाख ९५ हजार ८ सय ८८ रुपैया, कुल कारोबार ४ करोड ९१ लाख ९० हजार ८ सय ९४ रुपैया ३० पैसा, ऋण लगानी ४ करोड १५ लाख ९० हजार ७ सय १५ रुपैया रहेको छ । संस्थाको कार्यक्षेत्र विनय त्रिवेणी गापा भित्र रहेको छ, यो संस्थाको प्रदेशको हिसाबले हेर्ने हो भने कार्यक्षेत्र अहिले ५ नं प्रदेशमा हल्का छोएको छ ।
संस्थाले सो सभाको अवसरमा असल ऋणी महिला २ जना, पुरुष १ जना सम्मान गर्नुका साथै उत्कृष्ट बचतकर्तालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले नेपाल रेडक्रस सोसाईटी त्रिवेणीधामलाई आर्थिक सहयोग समेत गरेको थियो । संस्थाले कोरोना माहामारीको समयमा सदस्यहरुको व्याजमा हर्जना समेत छुट गरेको छ ।
संस्थाले सो सभाबाट अध्यक्ष विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक कार्यसमिति समेत चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, कोषाध्यक्ष बसन्ता उपाध्याय, सचिव नुरेन्द्र शाह, सह– सचिव नेहा थापा,
सदस्यहरुमा खगीश्वरी राना, पूर्ण बहादुर थापा, मन बहादुर राना, विक्रम थापा क्षेत्री, राजु थापा, भूपाल बहादुर रायमाझी रहेका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा चन्द्रकान्त सुबेदी र सदस्यहरुमा खुमराज थापा लक्ष्मण विक रहेका छन् ।

 

 

Leave a Reply