रुपन्देही बचत संघले दियो सदस्य संस्थाहरुलाई पल्स अनुगमन सम्बन्धी तालिम

0 Shares

रुपन्देही बचत तथा ऋण सहकारी संघको १६ औं बार्षिक साधारण सभा यहि मति २०७८ पुस १० गतेका दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन आर्थिक मामिला तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रेम प्रसाद आचार्यले उद्घाटन गरेका थिए । सो कार्यक्रमको अध्यक्षता सोहि संघका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रम संचालन संघका सचिव सन्दिप सापकोटाले गर्नु भएको हो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक कृष्ण प्रसाद पाण्डेले गुर्नभएको थियो ।

२०६२ साल माघ ३० गतेका दिन दर्ता भएको सो संघको अहिले २०७८ पुस मसान्त सम्म आएर संस्थामा एकिकरण पश्चात २ सय ६० वटा सदस्य संस्थाहरु आबद्ध भईसकेका छन् । संस्थाको शेयरपुँजी ५६ लाख ३७ हजार ५ सय रुपैया, बचत संकलन ४ करोड ३८ लाख ४२ हजार ४ सय ८८ रुपैया, कुल कारोबार ६ करोड २५ लाख ७८ हजार ३ सय ७१ रुपैया, ऋण लगानी ४ करोड ६६ लाख ५६ हजार २ सय ८८ रुपैया, संस्थाको जगेडा कोष, २५ लाख ६२ हजार ७ सय २६ रुपैया रहेको जानकारी गराईएको छ ।

२०७७ चैत्र २७ गते देखि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) सँग संघले साझेदारी गरी विभिन्न कार्यक्रम गर्ने सम्झौता समेत गरेको थियो ।
संघले आफ्ना सदस्य संस्थाहरुलाई आवश्यक पर्ने सहकारी व्यवस्थापक, संचालक समिति लगायतका विभिन्न तालिम प्रदान गर्नुका साथै सहकारी शिक्षा सम्बन्धी विभिन्न तालिम गोष्ठीहरु समेत गर्दै आईरहेको छ ।
कोरोना माहामारीको समयमा पनि संघले विभिन्न सरकारी निकायहरुसँग पहल गरी जिल्ला सहकारी संघ र बचत संघको सहकार्यमा रुपेन्देहीको मगरघाट स्वास्थ्य चौकीमा आफ्ना सदस्य संस्थाका प्रतिनिधिहरुलाई खोप लगाउने कार्यमा समेत संस्थाले सहयोग गरेको थियो ।

संघले यहि २०७८ माघ ९, १०, ११ गतेसम्म ३ दिन पल्स अनुगमन प्रणाली तालिमको कार्यक्रम समेत सम्पन्न गरेको छ ।
सो पल्स अनुगमन तालिम नेफ्स्कुनका तालिम अधिकृत मनोज खड्काले दिनुभएको थियो ।
कार्यक्रम संचालन संघकी व्यवस्थापक शर्मिला गौतम भट्टराईले गरेकी थिईन ।

 

Leave a Reply