मुना सहकारी गैडाकोटले ग-यो भुजेल परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण

0 Shares

नवलपुरको गैडाकोट नपा ४ मा रहेको मुुना बचत तथा ऋण सहकारी संस्थाको यहि मंसिर २२, २३, २४ गतेका दिनसम्म सदस्यहरु भेला गरी छ्रैटौ एकिकृत साधारण सभा सम्पन्न गरिएकोे छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका गैडाकोट नपा– ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले गरेका थिए । सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले यस मुना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको सेवालाई निरन्तरता दिँदै आईरहेको कुरा जानकारी गराउँदै संस्थाको बार्षिक प्रतिवेदनमा देखिएका सबै आर्थिक सुचांकहरु उल्लेख्य मात्रामा प्रगति भईरहेको कुरा बताएका थिए ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष रविन्द्रराज घिमिरेले गर्नु भएको हो । सो सभामा बोल्दै अध्यक्ष घिमिरेले सदस्यहरुको योगदान र कर्मचारीहरुको कुशल व्यवस्थापनले गर्दा संस्था आजका दिनमा सम्म आईपुग्दा प्रगतिपथमा अगाडि बढिरहेको कुरा जानकारी गराउनु भयो ।

कार्यक्रम संचालन सोहि संस्थाका सचिव मिलनराज घिमिरेले गर्नुभएको थियो ।
त्यसैगरी संस्थाको आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष अमृतकान्त पण्डितले प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक हरि पौडेलले प्रस्तुत गर्नुभएको हो ।

२०५७ सालमा स्थापना भएका   गैडाकोट नपामा रहेको नारी कल्याण बचत तथा ऋण सहकारी सस्था लि. र मुकुन्दसेन बचत तथा ऋण सहकारी संस्था लि. पछि आएर २०७३ साल मंसिर २५ गतेका दिन दुबै संस्था एकिकरण भएपछि उक्त संस्थाहरुको नामबाट मुना बचत तथा ऋण सहकारी संस्थाको नामकरण गरिएको थियो ।
यो संस्थाको एकिकरण कार्यले गर्दा सहकारी अभियानलाई बलियो बनाउने एउटा उपलब्धीमुलक कार्य समेत बनेको छ ।

संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा शेयरपुँजी १ करोड ५३ लाख माथि, बचत संकलन ६ करोड ७६ लाख ९२ हजार ४ सय ८७ रुपैया, कुल कारोबार ९ करोड ६६ लाख २८ हजार ४ सय ३३ रुपैया, ऋण लगानी ७ करोड ६१ लख ६३ हजार ८ सय ७८ रुपैया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत चुडामणी पाण्डेको भनाई छ ।

संस्थाको कार्यक्षेत्र गैडाकोट नपा र कावासोती नपाका केहि आंशिक वडाहरु मात्र रहेका छन् ।

सो बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ नागरिक सदस्य, बाल बचतकर्ता, उत्कृष्ट शेयर सदस्य लगायतहरुलाई सम्मान समेत गरेको छ ।

संस्थाको आफ्नो छैटौ बार्षिक उत्सव तथा स्थापना दिवस मंसिर २५ गते परे पनि संस्थाले सोहि अवसर पारेर यहि मिति २०७८ पुष ८ गतेका दिन मुनाको आवाज शिक्षित सभ्य हाम्रो समाज “ भन्ने मुल मर्म अनुसार जुना पुर्व प्राथमिक बिद्यालय गैंडाकोट –३, ढोडेनी, भुजेल गाउँका अति निम्न र जेहेन्दार ३५ जान बिद्यार्थी भाई बहिनीहरुलाई टोपी ट्याक्सुट लगायतका न्यानो कपडा बितरण गरिएको थियो ।

सहकारी मुल्य मान्यता र सिद्धान्तको पालन गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थाले रेमिट्यान्स लगायतका सेवाहरु पनि संचालन गरिरहेको छ ।
संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी अब चाँडै मोबाईल बैंकिङ्गको सेवाको शुरुवात गर्न लागेको कुरा समेत सहकारी सञ्जाललाई जानकारी गराएको छ । 

rbt
rbt

Leave a Reply