स्वभिमान सहकारी वाणगंगाले चाँडै भवन निर्माण गर्ने
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी सस्थाको १४ औं बार्षिक साधारण सभा
यहि २०७८ मंसिर २५ गतेका दिन साधारण सभा सम्पन्न भईसकेको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अथिति समेत रहेका प्रदेश सभा सदस्य तथा संस्थाका शेयर सदस्य विष्णु पन्थीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले यस संस्थाले आफ्ना सदस्यहरुको सेवालाई निरन्तरता दिईरहेको र संस्थाका सबै आर्थिक सुचांकहरु प्रगतिपथमा अगाडि बढिरहेको कुरा जानकारी गराउनु भयो ।
कार्यक्रममा सोहि संस्थाका अध्यक्ष देवी प्रसाद पाण्डेले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो । सो सभामा बोल्दै अध्यक्ष पाण्डेले सदस्यहरुको माया र कर्मचारीहरुको उत्कृष्ट कार्यले गर्दा नै आजका दिनसम्म यो संस्था सफलतापूर्वक अगाडि बढिरहेको कुरा जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव टिकाराम पौडेलले प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष रमेश पन्थीले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको हो ।
लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा समिति संयोजक नवदत्त घिमिरेले पेश गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण सोहि संस्थाका व्यवस्थापक सागर घिमिरेले गरेका थिए ।
२०६४ साल भाद्र १९ गतेका दिन डिभिजन सहकारी कार्यालय तौलिहवामा दर्ता भई विधिवत रुपमा कारोबार संचालन गर्दै आईरहेको सो सस्थाले हालसम्म आईपुग्दा शेयरपुँजी ४ करोड ८३ लाख ८४ हजार, बचत संकलन, २० करोड ९९ लाख २ हजार ८ सय ९९ रुपैया, कुलपुँजी २९ करोड ९८ लाख ५४ हजार ६ सय ६४ रुपैया, ऋण लगानी २४ करोड रहेको संस्थाले जानकारी गराएको छ ।
संस्थामा महिला पुरुष गरी ९ सय ६० जना सदस्यहरु आबद्ध भईसकेका छन् ।
संस्थाको कार्यक्षेत्र वाणगंगा नपाको १,२,४,७,८,९ ११ वडाहरु र कपिलवस्तु नपाको १० नं वडा, शुद्धोदन गापा– को १ नं वडा रहेको छ ।
संस्थाले बार्षिक साधारण सभाको अवसरमा असल ऋणीलाई सम्मान गरेको छ । साथै सदस्यहरुलाई दुर्घटना बिमा गर्ने सदस्यहरुको मृत्यु भएमा उनिहरुलाई क्रिया खर्च उपलब्ध गराउने गरेको छ ।
संस्थाले कोरोना माहामारीको समयमा सदस्यहरुलाई व्याजमा हर्जना छुट समेत गरेको थियो ।
त्यसैगरी संस्थाको वाणगंगा नपाको वडा नं १ मा ३३ दुर जग्गा रहेको छ । यो जग्गामा चाँडै भवन निर्माण गर्ने संस्थाको योजना समेत रहेको छ ।
