नवलपुरको गौरीशंकर सहकारीले ग-यो ९ औं बार्षिक साधारण सभा सम्पन्न
नवलपुरको हुप्सेकोट गाउपालिका वडा नम्बर ३ मा रहेको गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि को ९ औं बार्षिक साधारण सभा मिति २०७८÷पुष १० गते शनिबार हुप्सेकोट गाउपालिका वडा नम्बर ३ मा रहेको मयुरपोखरी सामुदायिक वन उपभोक्ताको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीका कार्यवहाक अध्यक्ष होमनाथ जैसी, हुप्सेकोट गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम बहादुर पौडेल क्षेत्री, देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ओमन सिंह रजाली र अतिथिहरुमा मयुरपोखरी सामुदायिक वन उपभोक्ता समुह हुप्सेकोटका अध्यक्ष मदन थापा बयम्बु, बिराट सामुदायिक वन उपभोक्ता समुह हुप्सेकोटका अध्यक्ष प्रेम बहादुर कार्की,साना किसान कृषि सहकारी संस्था लि.नवलपुर सेवाकेन्द्रका संयोजक शारदा कोइराला,देउराली बचत तथा ऋण सहकारी संस्था हुप्सेकोटका अध्यक्ष जुद्ध थापा,त्रिकोण सामुदायिक वन उपभोक्ता समुह हुप्सेकोटका कोषाध्यक्ष लोक बहादुर घर्ती लगायतका विभिन्न सहकारी संघ संस्थाका सदस्यहरुको उल्लेख रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारी संँग समन्वय गरी गरिवी निवारण र बेरोजगारी युवाहरूलाई गाउँमै रोजगार उपलब्ध गराउन सहकारी संग सहकार्य गरी अगाडी बढ्नुपर्ने कुरामा जोड दिदै संस्थाको उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
त्यसैगरी संस्थाका अध्यक्ष प्रकाश चन्द्र वाग्ले द्वारा आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रम संचालन संस्थाका कर्मचारी अमर बहादुर गोदारले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष पदमराज तिमिल्सिनाले गर्नु भएको थियो साथै संस्थाले आगामी दिनमा आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरी सदस्यहरुलाई थप सुबिधा सुविधा प्रदान गर्ने संस्थाको योजना छ ।
संस्थाको आर्थिक बर्ष ०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन र ०७८÷०७९ को लागि अनुमानित बजेट सोही संस्थाका ब्यवस्थापक बिश्वनाथ पाण्डेले प्रस्तुत गर्नु भएको थियो । संस्थाले यस बर्ष ०७७÷०७८ मा ३७ लाख ३७ हजार ३६ रुपैयाँ नाफा आर्जन गरेको छ साथै संस्थाले आगामी दिनमा ५० लाख सम्म नाफा आर्जन गर्ने लक्ष्य रहेको छ । संस्थाले उत्कृष्ट बचत सदस्य रुकमाया पुलामी मगर,श्री नेपाल शान्ति माध्यमिक बिद्यालय हुप्सेकोटका उत्कृष्ट ऋणि सदस्य चक्र बहादुर खाण ठकुरी, कोपीला ज्ञवाली पौडेल लाई संस्थाको तर्फबाट मायाको चिनो सहित सम्मान गरिएको थियो ।
साथै संस्थाले मोबाइल बैकिङ एस एम एस तथा विभिन्न रेमिट्यान्सका सेवाहरु समेत प्रवाह गर्दै आइरहेको छ ,
संस्थाको असार मसान्तसम्मको सदस्य संख्या १,२३९ रहेको छ भने शेयरपँुजी–८६ लाख ३ हजार ५००, निक्षेप संकलन– ७ करोड १३ लाख ७८ हजार, ऋण लगानी– ८ करोड १९ लाख ८४ हजार ७४२ रुपैयाँ, कुल कारोबार– १० करोड ५१ लाख ७३ हजार ३२२ रुपैयाँ रहेको उक्त संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।


