मानवीय सेवाका लागि रक्तदान कार्यक्रम आयोजना गर्दैछौं , व्यवस्थापक- क्षेत्री

0 Shares

रुपन्देहीको देवदह नगरपालिका – ११ शंकरपुरमा केन्द्रिय कार्यालय रहेको आफन्त बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक उत्सवको अवसरमा यहि २०७८ माघ २१ गतेका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले संस्थाले बिहान ९ बजेदेखि रक्तदान शुरु गर्ने जानकारी गराएको छ ।
सो रक्तदान कार्यक्रम संस्थाको प्रांङ्गणमा हुने बताईएको छ । संस्थाले आफ्नो क्षेत्रका सर्वसाधारणहरुलाई रगतको अति आवश्यक परेको खण्डमा सहजै रुपमा रगत उपलब्ध होस् भनेर संस्थाले सो रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका व्यवस्थापक बिजय क्षेत्रीको भनाई छ ।
त्यसैगरी रक्तदान गर्दा मानविय सहयोग आत्मसन्तुष्टी मात्र नभएर स्वास्थ्यलाई समेत फाईदा पुग्ने र पुन्य आर्जन समेत हुने भएकाले यो अवसरबाट कोहि पनि नचकौं भनेर संस्थाले सुचना समेत प्रकाशन गरेको छ । सो संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो नाम समेत टिपाउनको लागि संस्थाले आग्रह पनि गरेको छ ।
सहकारी मुल्य, मान्यता सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई बिशेष प्राथमिता दिँदै अगाडि बढ्दै आईरहेको सो संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय पहुँच पु-याउनको लागि विभिन्न स्थानहरुमा सेवाकेन्द्र समेत संचालन गर्दै आईरहेको छ ।

Leave a Reply