चितवनको चौतारी सहकारीले ग-यो बागमती प्रदेशका सहकारी मन्त्री पौडेललाई भव्य स्वागत

0 Shares

चितवनको भरतपुर महानगरपालिका–३, न्युरोडमा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लि.ले आज बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेललाई सो संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँलाई भव्य रुपमा स्वागत गरिएको छ । मन्त्री पौडेल सो संस्थाका शेयर सदस्य समेत रहेका छन् ।

सो सम्मान कार्यक्रमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पौडेलले आफू सदस्य भएको यस संस्थामा मन्त्री भएर आउन पाउँदा खुशी लागेको र मिलेसम्म यस संस्थाका कार्यक्रमहरुमा आफू सहभागी भई सबैसँग भेटघाट र छलफल गर्ने जनाएका थिए ।
सो कार्यक्रमको अध्यक्षता सोही संस्थाका अध्यक्ष विष्णुप्रसाद कँडेलले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्य र सचिव रामशरण सिलवालले कार्यक्रम सञ्चालन गर्नुभएको हो ।
त्यसैगरी उक्त कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णप्रसाद पौडेल, पूर्व अध्यक्ष विष्णुबहादुर लोहनी, निःबर्तमान अध्यक्ष कृष्ण पुरी र पूर्व सल्लाहकार तथा समाजसेवी बामदेब खनालले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।
त्यसैगरी संस्थाका अध्यक्ष कँडेलले ‘हाम्रो यस संस्थाका शेयर सदस्य बलराम पौडेल बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दा आफूहरुलाई खुशी लागेको र म हाम्रो यस संस्थाको तर्फबाट माननीय मन्त्री ज्यूको कार्यकाल सफल बनोस् भनी कामना गर्दछु’, उहाँको भनाई थियो ।

सो कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारीहरु, सदस्य तथा कर्मचारी र विभिन्न संघ– संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply