नवलपरासीको ग्रामिण सहकारीकोे २८ औं स्थापना दिवसको अवसरमा ३० जनाले गरे रक्तदान

0 Shares

नवलपरासीको बर्दघाट नपा– ७ बर्दघाटमा केन्द्रिय कार्यालय रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को २८ औं स्थापना कार्यक्रम आज मिति २०७८ माघ २९ गतेका दिन भव्य रुपमा सम्पन्न गरिएको छ ।
सो संस्थाले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । सो रक्तदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी जम्मा ३० जनाले सफलतापूर्वक रक्तदान गर्नुभएको सो संस्थाले जानकारी गराएको छ ।
त्यसैगरी संस्थाको केन्द्रीय कार्यालय बर्दघाट—७, जिमिरेभारमा सम्पन्न गरिएको सो रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी शाखा नवलपरासी (बसुप) को प्राविधिक सहयोगमा समेत रहेको थियो ।

सो कार्यक्रमको उद्घाटन बर्दघाट न. पा. वडा नं. ७ का वडा अध्यक्ष ध्रुव थारुले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीले गर्नुभएको हो ।

त्यसैगरी कार्यक्रमको अन्य अतिथिहरुमा संस्थाका पूर्व अध्यक्ष बसन्त कुमार रेग्मी, नेपाल रेडक्रस बर्दघाट उप शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, नेपाल रेडक्रस बुद्धमंगल उप शाखाका कोषाध्यक्ष मुरलीकृष्ण खनाल लगायत विभिन्न संघ– संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
त्यसैगरी सोहि संस्थाका उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक सुरज के.सी. ले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाकी सचिव राधा ढकालले सो कार्यक्रम संचालन गर्नुभएको थियो ।

सो कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक अनन्त पाण्डेले गरेका थिए ।

अन्तराष्ट्रिय सहकारी मुल्य,मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तर रुपमा संचालन गर्दै आईरहेको छ

 

 

  ।

Leave a Reply