रुपन्देहीको आफन्त सहकारीको ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

.रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ शंकरपुरमा मुख्य कार्यालय रहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लि.’ को ११ औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

त्यसैगरी संस्थाले रक्त सञ्चार सेवा केन्द्र बुटवल ब्लड बैंक तथा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा, खैरेनीको सहयोगमा गरिएको रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदाताहरुलाई संस्थाले प्रमाण पत्र समेत वितरण गरेको थियो ।

सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखा सभापति कृष्ण प्रसाद न्यौपानेले गरेका थिए ।
सो कार्यक्रममा बोल्दै उनले रक्तदान भनेको जिवनमा सबैभन्दा ठूलो मानवीय सेवा रहेको जनाउँदै
मनिसकोे एक थोपा रगत दानले यदि कसैको जीवन बाँच्छ भने हामी यस्तो महान् कार्यमा सबैले रक्तदान गर्नुपर्ने उनको धारण थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शंकर पाण्डेले गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै आईरहेको हाम्रो यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिता दिँदै आईरहेको बताए । साथै हाम्रो यस संस्थाले ११ औं स्थापना दिवसको अवसरमा आज एक औंपचारिक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम पनि सम्पन्न गर्न सफल भएका छौं । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाउँदै लैजाने अध्यक्ष पाण्डेको भनाई थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक बिजय क्षेत्रीले गर्नुभएको हो ।
सो संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ पोइन्ट रगत संकलन भएको संस्थाले जनाएको छ ।

सो कार्यक्रममा संस्थाका सचिव गणेश सापकोटा, कोषाध्यक्ष महेन्द्र यादव लगायत लगायत विभिन्न संघ– सस्थाका व्यक्तित्वहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

 

 

 

Leave a Reply