तनहुँको म्याग्दे दुग्ध सहकारीले पायो जिल्लाकै उत्कृष्ट दुग्ध उत्पादन गर्ने सहकारीको सम्मान
तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको श्री म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था तनहुँ जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ ।
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले उक्त संस्थालाई दुधको गुणस्तर फ्याट र ल्याक्टो लगायत स्वच्छ सफा दुध उत्पादन गरेको भन्दै उत्कृष्ट दुग्ध उत्पादन गर्ने दुग्ध सहकारी संस्थाको रुपमा समानित गरेको थियो ।
उक्त संघको २३औं वार्षिक साधारणसभा र आठौं अधिवेशनको कार्यक्रमको उद्घाटन व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए । कार्यक्रमको अध्यक्षता सोह संस्थाका अध्यक्ष द्धारिका नाथ घिमिरेले गर्नुभएको थियो ।
२०६४ सालमा स्थापना भएको सो संस्थाले शुरुमा एक दुई लिटर दुध संकलन गर्दै आईरहेको थियो अहिले आएर सो संस्थाले आफ्ना सदस्यहरुबाट अफसिजन २०० लिटर र सिजनमा ३०० देखि ४०० सम्म दुध संकलन गरी संघको कार्यालय दमौलीमा पठाउने गरेको सोहि संस्थाका व्यवस्थापक सञ्जिव घिमिरेको भनाई छ ।
त्यसैगरी सो संस्थामा हालसम्म ४ सय आवद्ध रहेका छन् भने १ सय भन्दा बढि सदस्यहरुले आफ्नै गाईभैसीहरुको व्यवसाय संचालन गरिरहेको संस्थाले जानकारी गराएको छ ।
२०७२ साल देखि बचत ऋणको कारोबार विधिवत रुपमा संचालन गर्दै आईरहेको सो संस्थाले १५ करोड भन्दा माथिको कारोबार गरिरहेको छ ।

