कञ्चनपुरको युवा सहकारीले जिल्लाकै नमुना सहकारीको रुपमा उत्कृष्ट कार्यहरु गर्दै
कञ्चनपुरको भिमदत्त नपा– १८ मा रहेकोे युवा बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं बार्षिक साधारण सभा २०७८ पुष १७ गते शनिबारका दिन होटल कलश महेन्द्रनगरको सभाहलमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका संचालक तथा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रमको विशिष्ट अतिथिहरुमा लक्ष्मी बैंक लि.का क्षेत्रिय प्रबन्धक दिवाकर दत्त जोशी, रास्ट्रिय सहकारी बैंक महेन्द्रनगरका शाखाका शाखा प्रमुख प्रकाश थपलिया र अतिथिहरुमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुन महेन्द्रनगरका कार्यलय प्रमुख यम डाँगी, कन्चनपुर प्याब्सनका पुर्व केन्द्रिय उपाध्यक्ष दिपकराज चालिसे,सिटिजन्स लाईफ इन्स्योरेन्स महेन्द्रनगरका शाखा प्रमुख नवराज जोशी, युवा सोरोजगार कोष अनुगमन अधिकृत गणेश जोशी,भिमदत्त नगरपालिका सहकारी शाखा प्रमुख विमला भाट, भिमदत्त नगरपालिका आर्थिक विकास शाखा प्रमुख कृष्ण दत्त पाण्डे लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले सहकारी ऐन नियम अन्तर्गत सहकारी संस्था संचालन गरी उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने र यस क्षेत्रमा लघुउद्यम अन्तर्गत महिलाहरुको समुह गठन गरी सामुहिक रुपमा ऋण प्रवाह गरी ग्रामिण क्षेत्रमा रहेका सदस्यहरुको आर्थिक तथा सामाजिक समृद्धि गर्नु पर्ने कुरामा जोड दिदै संस्थाको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
साथै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगर्त समाज कल्याण विभाग कन्चनपुरका बाल अनाथालय हस्तान्तरण गरिएको थियो साथै सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विनोद प्रसाद ओझाले गर्नुभएको थियो भने कार्यक्रम संचालन सोही संस्थाका ब्यवस्थापक मोहन बहादुर चन्दले गर्नुभएको हो ।
त्यसैगरी स्वागत मन्तब्य संस्थाका संचालक सदस्य गजेन्द्र देव लेखकले गर्नुभएको थियो संस्थाको ०७७–०७८ को आय ब्यय विवरण संस्थाका कोषाध्यक्ष कर्ण बहादुर कुवरले गर्नुभएको थियो
संस्थाको ०७७–०७८ को प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना संस्थाका सचिव धनराज विष्टले पेश गर्नु भएको थियो ।
संस्थाको २०७८ असार मसान्तसम्मको सदस्य संङख्या २७०० सेयर पुजी ८५ लाख ५९ हजार २ सय रुपैयाँ, ऋण लगानी ७ करोड ५० लाख ३२ हजार ६६९ रुपैया,ँ कुल कारोबार २६ करोड ४६ लाख १७ हजार ६ सय ६२ रुपैया रहेको छ भने संस्थाको कार्यक्षेत्र भिमदत्त नगरपालिका सबै वडा अन्तर्गत पर्दछ साथै नेफ्सकुनको प्रोबेशन कार्यक्रममा समेत संस्था आबद्ध रहेको छ
साथै संस्थाको आगामी कार्य योजना प्रविधिको पुर्ण प्रयोग गरी प्रविधि मैत्री कार्यक्रम संचालन गर्ने सेयर पुजी वृद्धि गर्ने कार्यक्षेत्र विस्तार गर्ने सेवा केन्द्र विस्तार गर्ने मोबाइल बैंकिङ र एस एम एस का सुविधाहरुलाई सदस्यहरुमा प्रवाह गर्ने र यस क्षेत्रमा धेरै भन्दा धेरै सदस्यहरु बनाई ऋण प्रवाह गरी सदस्यहरुको आर्थिक जिवन स्तर समृद्धिका लागी अहोरात्र खटी जिल्लाकै नमुना सहकारीको रुपर्मा स्थापित गर्ने योजना रहेको सोही संस्थाका ब्यवस्थापक चन्दले सहकारी सन्जाललाई जानकारी दिनुभयो
सो अवसरमा संस्थाले बाल अनाथलयलाई खाद्यान्य सामाग्री समेत हस्तान्तरण गरेको छ ।

