रौतहटको संकल्प सहकारीले ग-यो नारी दिवसको अवसरमा ३७० जना रोगीलाई उपचार सेवा

0 Shares

रौतहटको संकल्प बचत तथा ऋण सहकारीको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा ११२ औ नारी दिवसको अबसरमा चन्द्रपुर ७ नया बस्ती कटानिको जनता आधारभुत बिधालयमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
उक्तस्वास्थ्य शिविरको उदघाटन चन्द्रपुर ७ का वडा अध्यक्ष बिष्णु उप्रेतीले गर्नुभएको थियो भने अतिथिहरुमा चन्द्रपुर न पा का सहकारी फाट्का नसरे आलम,सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ का संचालक राजन शाह ,स्वास्थ्य उप चौकी बनबहुवरीका बिजय तिवारी लगायतको रहेको थियो भने कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बिभु पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रम सन्चालन सस्थाका सचीव कुल बहादुर थापाले गर्नु भएको थियो । सो अवसरमा सस्थाका संचालक ,कर्मचारी ,नागरिक समाजका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियोे । शिविर बिहान १० बजे देखि अपरान्ह ४ः ३० सम्म संचालन गरिएको सो शिविरबाट ३७० जना लाई विभिन्न रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो ।
चन्द्रपुर न पा को गरिव बस्तिको रुपमा चित्रित सो स्थानका बासिन्दा घर–आगनमा आएर सेवा दिएकोमा संकल्प साकोस लाई धन्यवाद दिएका थिए ।सस्थाले प्रत्येक बर्ष सामाजिक उत्तरदायित्वको महसुस गरेर निरन्तर चेतनामूलक ,तथा सेवामुलक कार्यहरू गर्दै आएको छ ।

Leave a Reply