सहकारी बैंक विरगंज शाखा द्धारा नारी दिवसको अवसरमा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न
पर्सा जिल्लामा रहेको रास्ट्रिय सहकारी बैंकको शाखाले २०७८ फागुन २६ गते बिहिवारका दिन ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सहकारीमा लैगिंक समानता तथा महिला सशक्तीकरण सम्बन्धि विषयक लघु गोष्ठी कार्यक्रम सम्पन्न गरिएको थियो ।
साथै सो कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित रहनुभएको थियो ।सो कार्यक्रमको अध्यक्षता रास्ट्रिय सहकारी बैंक बिरगंज शाखाका शाखा प्रमुख संजय कुमार महत्तोले गर्नुभएको हो ।
त्यसैगरी कार्यक्रम संचालन इन्दु श्रेष्ठले गर्नुभएको थियो साथै सो कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिस्णु बराल को अपरेटिभ म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष रवि भुषण श्रीवास्तब जिल्ला बचत संघ पर्साका सदस्य अरुण कुमार शाह लगायतका विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

