तितेपाती महिला सहकारीद्धारा रक्तदान कार्यक्रम सम्पन्न
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलनचोक बुटवलमा रहेकोे तितेपाती महिला बचत तथा ऋण सहकारी संस्था लि ले मिति २०७८ फागुन २४ गते मंगलबारका दिन रक्तसंचार केन्द्र बुटवलको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।
साथै सो कार्यक्रममा ४३ जना महिला सदस्यहरुले रक्तदान गरेका थिए । उक्त रक्तदान गर्ने रक्तदाताहरुलाई संस्थाका अध्यक्ष कमला कुवरले प्रमाण पत्र समेत वितरण गनुभएको थियो साथै संस्थाले यस्ता खालका सामजिक कार्यक्रमहरुलाई आगामी दिनमा बढाउदै लैजाने कुरामा समेत जोड दिनुभयो ।

