रुपन्देही सरोकार महिला सहकारीको आयोजनामा ४० जना रक्तदाताहरुले गरे रक्तदान

0 Shares

रुपन्देहीको तिलोत्तमा नगरपालिका दुर्गानगरमा रहेको श्री सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लि.ले मिति २०७८ चैत्र ५ गते शनिबारका दिन तिलोत्तमा नगरपालिका १४ दुर्गानगरमा रहेको दुर्गा माध्यमिक बिद्यालयको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी सिदार्थनगर रुपन्देहीको सहकार्यमा ४० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
साथै संस्थाले वर्तमान अवस्थामा रगतको अभावलाई न्यूनीकरण गर्न रक्तदान कार्यक्रम गरेको र आगामी दिनमा यस्ता खालका सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिदै अगाढी बढदै जाने सोही संस्थाका अध्यक्ष सुमित्रा घिमिरेले जानकारी दिनुभयो
त्यसैगरी उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई संस्थाको अध्यक्ष द्वारा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply