ललितपुरको मंगलदीप सहकारी ८ औं बर्षमा प्रवेश, संस्थाले ग-यो छोटो समयमा उल्लेख्य प्रगति

ललितपुर महानगरपालिकाको प्रयागपोखरीमा केन्द्रिय कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि आजबाट ८ औं बर्षमा प्रवेश गरेको छ ।
२०७१ साल चैत्र ९ गतेका दिन डिभिजन सहकारी कार्याल ललितपुरमा विधिवत रुपमा दर्ता भई शुरुमा रु ६ लाख २५ हजार शेयरपुँजीबाट कारोबार संचालन गर्दै आईरहेको सो संस्थाले आजका दिनसम्म आईपुग्दा ३ हजार ५० जना सदस्य, शेयरपुँजी, २,२७,००,०००।– ऋण लगानी १६,५०,००,०००।– बचत संकलन १६,२५,००,०००।– कुल सम्पत्ति तथा दायित्व २१,५०,००,००० पु-याउन सफल भएको छ ।
त्यसैगरी संस्थाले सदस्यहरुको स –सानो पुँजीलाई बचत संकलन गरी आफ्ना सदस्यहरुलाई सर्वशुलभ रुपमा ऋण लगानी गरी उनिहरुलाई स्वरोजगार र व्यवसायिक समेत बनाई उनिहरुको जीवनमा परिवर्तन ल्याउनमा ठूलो योगदान समेत पु¥याउँदै आईरहेको छ ।
संस्थाले सदस्यहरुको सेवालाई अझ नवीनतम प्रविधिहरुको प्रयोगमा ल्याई संस्थाको काराबोरलाई थप मजबुद बनाउँदै अगाडि बढ्दै जाने योजना पनि रहेको छ ।
सो अवसरमा संस्था आज ८ औं बर्षमा सफलतापूर्वक रुपमा प्रवेश गर्नुमा संस्थाका संचालक समितिका पदाधिकारीहरुको र कुशल कर्मचारीहरुको ठूलो योगदान समेत रहेको सोहि संस्थाका अध्यक्ष नवाराज विष्टले सहकारी सञ्जाललाई जानकारी गराउनु भएको छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गरी विभिन्न सामाजिक उत्तरदायितव अन्तर्र्गतका कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको सो संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी ललितपुरको गोदावरी नपा– १४ ठैवमा र मकपानपुरको थाहा नपा शिखरकोटमा गरी दुई वटा सेवाकेन्द्र समेत संचालनमा ल्याई कारोबार संचालन गरिरहेको छ ।