सर्लाहीको सगनु सहकारीले ग-यो ६५ बर्ष माथिका ५० जना शेयर सदस्यहरुलाई तिर्थाटन भ्रमण

0 Shares

सर्लाहीको हरिवन नपामा रहेको सगनु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज मिति २०७८ चैत्र १२ गतेका दिन ५० जना ६५ बर्ष भन्दा बढी उमेर भएका आफ्ना सदस्यहरुलाई १ दिने तिर्थाटन गराएको छ ।
उक्त संस्थाकी उपाध्यक्ष तारादेबी सुबेदिको संयोजकत्वमा कोषाध्य बिनोद कार्की र संचालक द्वय पदमा मोक्तान, शुशिला सुनुवार , लेखा समिती सदस्य रिना बराल दाहाल सम्मेलित भ्रमणमा कर्मचारी द्वय निरोज कुमार दाहाल र शोभ न्यौपानेले सो भ्रमणको ब्यवस्थापन गर्नुभएको थियो ।
त्यसैगरी सोहि संस्थाका अध्यक्ष केशव प्रसाद ढकाल, सस्थापक अध्यक्ष बाबुराम घिमिरे ,सचिब राजकुमार उप्रेती र प्रबन्धक रबिन्द्र राना उपस्तिथि भई भ्रमण सफलताको कामना सहित बिदाई भएको उक्त तिर्थाटन भ्रमण मधेस प्रदेशको राजधानी जनकपुर स्थित रामजानकी मन्दिर दर्शन गरि सम्पन्न भएको थियो ।
सगुन साकोसले आफ्नो सदस्यहरुलाई नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम ,टिर्थाटन भ्रमण र अध्ययन अवलोकन भ्रमण गर्दै आईरहेको छ ।

Leave a Reply