सर्लाहीको सगुन सहकारीको हरिपुरमा सेवाकेन्द्र उद्घाटन, स्थानीय सदस्यहरुमा खुशीयाली

सर्लाहीको हरिवन नपामा रहेको सगुन साकोसको सदस्य सेवा केन्द्र सर्लाहीको हरिपुरमा आज एक कार्यक्रम गरि औपचारिक सेवा शुभारम्भ गरेको छ ।
त्यसैगरी प्रमुख अतिथि समेत रहेका हरिपुर नगर पालिकाका नगर प्रमुख जमरुदिन मंसुरले रिबन काटी उद्घाटन गरि सो पश्चात भएको कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष केशव प्रसाद ढकालले गर्नु भएको थियो ।
संस्थाको सदस्य, हरिपुर नपाको उद्योगी ब्यापारी सहित करिव १०० जना सदस्य उपस्थित कार्यक्रमको संचालक संस्थाका सचिव श्री राज कुमार उप्रेतीले गर्नुभएको थियो ।
त्यसैगरी उपाध्यक्ष तारा देवी सुवेदीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष विनोद कार्कीले संस्थाको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
संस्थाको संस्थापक अध्यक्ष बाबुराम घिमिरेले संस्थाको स्थापना काल देखी हाल सम्म गरेको क्रियाकलाप र सोबाट आर्जित सदस्य र ख्यातीलाई हरिपुरका सदस्यहरुले कायम राख्नुहुनेमा विस्वस्त रहेको र सोही बमोजिम गर्न सुभकामना दिनुभयो ।
उक्त कार्यक्रममा उद्योग बाणिज्य संघ हरिपुरका अध्यक्ष शंकर प्रसाद दहालले हरिपुर वासिको आर्थिक समस्या टार्न संस्थाले सहयोगी भुमिका खेल्नुपर्ने र सगुनले सो कार्य गर्न शुभकामना दिनुभयो । समाजसेवी सुनिल बुढाथोकीले हरिवनको सेवा आफ्नै आगनामा पाउँदा खुसी भएको र सेवा विस्तारमा सहयोग गर्ने बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथि मंसुरले आफ्नो लामो प्रतिक्षा पश्चात सगुनको सेवाकेन्द्र हरिपुरमा आएकोमा खुशि ब्यक्त गर्नुहुदै नगरले गर्ने सबै किसिमको सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा संचालक सदस्यहरु कमल विक्रम कार्की, पदमा मोक्तान, हरि प्रसाद पुडासैनी, मुख्तार मिया मुकेरी, शुशिला सुनुवार लेखा सुपेरिवेक्षण समति संयोजक नरेन्द्र राज सुवेदी, सदस्य रिना दाहाल र संस्थाको प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सदस्यहरुलाई सहज र सरल सेवा दिने उदेश्यले संचालन हुने तिन वटा सदस्य सेवा केन्द्रहरुको क्रमसः सेवा शुभारम्भ हुने संस्थाका प्रबन्धक रविन्द्र रानाले जानकारी गरानुभयो ।