आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न संस्थाको वित्तिय कारोबारमा उल्लेख्य प्रगति

0 Shares

आश्रय बहुउद्देश्यीय सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौंको ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी लि. को १४ औं  बार्षिक साधारण सभा मिति २०७९ पुस ३० गते शनिबारका दिन काष्ठमण्डप भेन्यू, भिमसेन स्थानमा संचालक समितिका अध्यक्ष श्री प्रेम कृष्ण मानन्धरज्यूको सभापतित्व,  नव निर्वाचित प्रमुख अतिथि बागमति प्रदेश ८ क का माननीय सभासद् श्री शैलैन्द्र मान बज्राचार्य, संस्थाका सम्पूर्ण पदाधिकारी ज्यूहरू तथा संस्थाका करिब ४५० जना सदस्यहरूको समउपस्थितिमा एक सभ्य र भब्य समारोहका बिच सुसपन्न भयो ।

 

उक्त समारोहमा नव निर्वाचित बागमति प्रदेश ८ क का माननीय सभासद् तथा संस्थाका सक्रिय सदस्य श्री शैलैन्द्र मान बज्राचार्य ज्यूलार्इ सम्मान पत्र सहित भब्य सम्मान गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले २०६५ असोज १० मा वचत तथा ऋण सहकारीका रुपमा दर्ता भई २५ जना सदस्यहरुबाट शुभारम्भ भएको आश्रय २०७२ असोज २७ मा बहुउद्देश्यीय सहकारीमा रुपान्तर भई तपाईंहरुको विश्वास र सहयोगले २०७९ आषाढ मसान्त सम्म आईपुग्दा सदस्य संख्या ७८२, शेयर पूँजी २,९९,०४,१००।००, वचत तथा निक्षेप दायित्व २०,७२,४३,७३६।९० तथा कर्जा लगानी १६,७२,४१,८७०।७९पुगेको जानकारी गराउनुभयो।

गत आ..मा संस्थाले विषम आर्थिक परिस्थितिको सामना गर्दै अत्यन्त संयमित भई व्यवसाय सञ्चालन गर्नुका वावजुद केही वित्तीय सूचकाङ्कहरूमा सन्तोषजनक उपलव्धि हासिल गर्न सकेन साथै सदस्य ऋणीहरुको व्यवसाय, परियोजनामा असर परेका कारण केही कर्जा पूर्नतालिकीकरण तथा पूर्नसंरचना गर्नुका साथै केही कर्जामा ब्याज तथा हर्जानामा सहुलियत प्रदान गरिएको तथा यस लचकताबाट सम्बन्धित सदस्य ऋणीहरुमा राहत पुग्नुका साथै आफ्नो व्यवसाय, परियोजना उकास्न मद्दत पुगेको र संस्थाले भवन खरिद गरेको तथा वाणिज्य बैंकहरुको व्याज दरमा भएको वृद्घि लगायतको कारणले संस्थाको लगानी योग्य रकमको लागत बढ्न गएको छ भने, ऋण प्रवाहमा लिनपाईने व्याजदरको उच्चतम सीमा पुरानै कायमरहेको।

सदस्यहरुको बचतमा दिने व्याज दर र ऋणमा लिने व्याज दर विचको फरक कम हुँदै जाँदा संस्थाको व्यवसाय दिगो बनाई राख्न थप पूँजी तथा जगेडा कोषको आवश्यकता महशुस भएको वहाँले बताउनु भयो । देशमा व्यवसाय अनुकूल वातावरण बन्दै गरेको परिप्रेक्षमा संस्थाले आफु स्वस्थ रही आफ्ना सदस्यहरुको सेवामा निरन्तर लागि रहन केही कार्यनीतिहरु अपनाउनेछ । मुख्यतः यसले सञ्चालन खर्चमा मितव्ययिता अपनाउने, कर्मचारीहरुको दक्षता अभिवृद्घि गर्ने, व्यवसाय विविधिकरण गर्ने तथा नयाँव्यवसायहरुको अध्ययन गर्ने तर्फ ध्यानदिने छ भन्नुभयो।

संस्थाका लेखा सुपरिबेक्षण समितीका संयोजक श्री बिमल श्रेष्ठले आ.. २०७९०८० मा आगामी बर्षमा सँस्थालाई नाफामा लैजानको लागि भाखा नाघेको कर्जा असुलीमा अत्यधिक मात्रामा जोड दिई कार्यक्रम संचालन गर्नुको साथै कार्यालय संचालन खर्चमा समेत कतौटी गर्ने र उत्पादनमुलक तथा आयमुलक व्यवसायमा लगानी बढाउनुपर्ने बताउनु भयो ।

त्यसैगरी संस्थाले बचत २० करोड ७२ लाख ४३ हजार ७ सय ३६ रुपैयाँ रहेको र वित्तिय लगानी १ करोड ५४ लाख २० हजार, ऋण लगानी १६ करोड ७२ लाख ४१ हजार ८ सय ७१ रुपैंयाँ रहेको संस्थाका कोषाध्यक्ष श्री रमेश ध्वज बस्नेतले जानकारी दिए ।

सभामा संस्थाका प्रवन्ध निर्देशक श्री राजेन्द्रकृष्ण श्रेष्ठले संस्थाको संचालक समितिका आगामी वर्ष ०७८ ०७९ को निती तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए यस बर्ष पनि देखा परेको आर्थिक मन्दी तथा तरलताको कमिको प्रभावले गर्दा संस्थाले राखिएका कार्यक्रमहरु र लक्ष्यहरु पुरा गर्न साह्रै कठिन भएको र यस्तो बिषम परिस्थितिमा पनि सदस्यज्यूहरुले संस्था प्रति दिदै आउनु भएको माया र साथको लागि बिशेष धन्यबाद दिए । संस्थाबाट आ.. २०७९८० मा सञ्चालक, कर्मचारीहरुको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने तथा अन्य संघ संस्थाले आयोजना गरेका तालिमहरुमा संस्थाका सञ्चालक समिति, लेखासमिति उपसमितिहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिलागितालिमहरु तथा कार्यक्रमहरुमा सहभागीता गराउने बताए।

उक्त सभामा संस्थाको बिध्यमान विनियम २०६५ ,बचत तथा ऋण निति २०६५ हरु पुनः लेखन र कर्मचारी प्रशासन नियमावली २०७२ तथा आर्थिक प्रशासन उपनियम २०७२ संशोधन गर्ने प्रस्ताबलार्इ सर्बसम्मत पारित गरियो । साथै संचालक समितिका उपाध्यक्ष श्री बिश्व कल्याण बड्गामीज्यूबाट धन्यबाद ज्ञापन सहित सभाको अन्त्य गरिएको थियो

 

 

 

 

Leave a Reply