लोकेश्वर साकोसको बनभोज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछ“ें, भक्तपुरको बनभोज तथा धिमेबाजा प्रशिक्षार्थीहरुको प्रमाण–पत्र वितरण कार्यक्रम बागमती प्रदेशका सांसद सृजना सैंजूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि सैंजूले नेपाल मजदुर किसान पार्टी नेतृत्वको भक्तपुर नगर विकासमा पहिले र अहिलेको फरकता देखाउ“दै नगरले छोटो समयमा आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा उल्लेख्य प्रगति भई अहिले नेपाल कै एक नमुना नगरको रुपमा स्थापित हुन सफल भएको कुरा बताउनु भयो । समाजमा महिलाहरुको स्थितिलाई दर्शाउ“दै अहिले पनि दिनप्रतिदिन महिला हिंसा बढ्दो क्रममा रहेकोले सहकारी मार्फत महिला हिंसा बिरुद आवाज उठाउनु पर्ने कुरा बताउनु भयो । स्थानीय तहलाई स्वायत्तता प्रदान गरेको खण्डमा विकास निर्माणका कार्य तदारुकताका साथ हुने कुरा भक्तपुर नगरमा भएको विकासबाट प्रष्ट भएको र नेमकिपाले नेपालमा प्रदेश सरकार आवश्यक नभएको विषय उठाउदै आएको अहिले उक्त कुरा यसबाट पुष्टि भएको बताउनु भयो । साथै सामाजबादी र पू“जीबादी मुलुकहरु विचको भिन्नतामा चर्चा गर्दै वर्तमान समयमा पनि अमेरिका जस्तो पू“जीबादी मूलकहरुको दा“जोमा समाजबादी मूलकहरुका महिलाहरुको अवस्था अत्यन्त राम्रो रहेको बताउनु भयो ।
अतिथि भनपाका पूर्व बडा अध्यक्ष रविन्द्र खर्बुजाले संस्थाले सामाजिक क्रियाकलाप अन्तर्गत सा“स्कृतिक क्षेत्रको सम्बर्धनका अलावा नया“ पुस्ता तयार गर्न गरेको यस्ता कार्यक्रमबाट सबै पुस्ताका सदस्यहरु समेतेको हुनाले सदस्यहरुबिच सुमधुर सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै भक्तपुर नगरमा किसानहरुको हक हितको लागि पहिलेका पुस्ताहरुले गरेको संघर्ष र योगदान बारे चर्चा गर्नु भयो ।
अतिथि भक्तपुर नगरपालिका वडा नं. २ का बडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टी नेतृत्वको भक्तपुर नगरपालिकाले पिछडिएका जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, व्यवस्थित बस्तिको निमित्त आवास योजना, सा“स्कृतिक एवम् खेलकूद लगायत विभिन्न क्षेत्रलाई महत्व दिई विकास निर्माणका कार्यहरु गर्दै आएको बताउनु भयो ।
त्यस्तै वडा सदस्य श्याम सुन्दर मातांले पार्टीको घोषणापत्र अनुसार जनताको सहयोगमा काम गरेकोले भक्तपुरलाई नमुना नगर बनाउन सफल भएको र आगामी चुनावमा पनि नेपाल मजदुर किसान पार्टीलाई जिताउने अपेक्षा व्यक्त गर्नु भयो । साथै स्थानीय जनताको संघर्षबाट स्थापित खेलकूदका अलावा सामाजिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भक्तपुर योड्ड सर्कल स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले आधुनिक तरिकाको धिमेबाजा प्रशिक्षणबाट नया“ पुस्ताहरु पुराना कलासंस्कृतिको जगेर्ना गर्न सक्षम हुने कुरा बताउदै सहकारीले आर्थिक कारोबार अलावा सांस्कृतिक क्रियाकलापमा पनि अग्रसर रहेको कुरा राख्नु भयो । संस्थाको सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव कृष्णराम तुकंबन्जार र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।
