६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज सहकारीले ग-यो बृहत रक्तदान कार्यक्रम

0 Shares

“ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी “ भन्ने मुल नाराका साथ ६५ औं रास्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको चावहिलमा मुख्य कार्यालय तथा गोगंबु, कलंकी, कोटेश्वरमा सदस्य सेवा केन्द्र रहेको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लि.चट्टान बचत तथा ऋण सहकारी संस्था लि.मनास्लु टिम अफ इन्टर प्रिनरको आयोजनामा मिति २०७८ चैत्र १९ गते शनिबारका दिन गोगंबुको BG मलमा बृहत रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।
सो रक्तदान कार्यक्रममा पुरुष तर्फ ४२ जना महिला २५ जना गरी जम्मा ६७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए नेपाल रेडक्रस सोसाइटी सोल्टीमोड,लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्ज,मनास्लु टिम अफ इन्टर प्रिनर प्रा.लि,लायन्स क्लब अफ काठमाडौं मनास्लु,लायन्स क्लब अफ काठमाडौं मनास्लु वल्र्ड ,लायन्स क्लब अफ काठमाडौं कपन होराइजन, किवानिज क्लब अफ काठमाडौं भ्याली,मनास्लु वल्र्ड कलेज चावहिल सगँ आवद्ध क्लबहरु सगँको सहकार्यमा सो रक्तदान कार्यक्रम सम्मपन्न भएको थियो
सो कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहदेव तिमिल्सिनाले प्रमाण पत्र समेत प्रदान गर्नुभएको हो ।
साथै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न खालका सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ संस्थाले आगामी दिनमा आफ्नै भवनबाट वित्तिय कारोबार गरी सदस्यहरुलाई सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

Leave a Reply