६५ राष्ट्रिय सहकारी दिवसको अवसरमा को,अपरेटिभ म्यानेजर्स क्लब पर्साले ग-यो बृहत रक्तदान कार्यक्रम

0 Shares

पर्सा जिल्ला भरमा संचालित रहेका विभिन्न प्रकृतिका सहकारी व्यवस्थापकहरुको छाता संगठन को अपरेटिभ म्यानेजर्स क्लब पर्साले मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी भन्ने नाराका साथ ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विरगञ्ज महानगरपालिका को माइस्थान मन्दिर नजिकैको ग्रीनपार्कमा सो रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा २२ जना महिला र पुरुष ७९ जना गरी १०१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी पर्साले सो रक्तदान कार्यमा सहयोग पु¥याएको हो । सो रक्तदान गर्ने रक्तदाताहरुलाई क्लबका अध्यक्ष चौरासियाले प्रमाण पत्र समेत वितरण गर्नुभएको हो ।
सो कार्यक्रमको प्रमुख आतिथ्यता पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र सोहि क्लबका अध्यक्ष चन्देश्वर चौरसियाले सो कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित, सोहि क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल लगायत विभिन्न सहकारी संघ –संस्थाहरुको प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थित रहेको थियो ।
सो रक्तदान कार्यक्रममा सहयोग पु¥याउने संस्थाहरु कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि., श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लि, सुविधा बचत तथा ऋण सहकारी संस्था लि, सुर्या बचत तथा ऋण सहकारी संस्था लि, सनसाईज नेपाल बचत तथा ऋण सहकारी संस्था लि. जनसंरक्षण बचत तथा ऋण सहकारी संस्था लि, नेपाल सहकारी वित्तीय संस्था लि रहेका छन् ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालनालाई आत्मासाथ गर्दै अगाडि बढ्दै आईरहेको सो क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाइृ विशेष प्राथमिकतामा राखी अगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तर रुपमा अगाडि बढाउने क्लबको योजना समेत रहेको बुझिएको छ ।
.जिल्ला प्रशासन कार्यालय पर्सामा २०७६ मंसिर १८ गते सो क्लब दर्ता भएको थियो । पर्सा जिल्लामा संचालनमा रहेका सहकारी संस्थाहरुको वित्तिय अवस्थालाई थप मजबुद बनाउँदै लैजाने र संस्थामा आवद्ध रहेका सदस्यहरुको वित्तीय सेवा मार्फत उनिहरुको जिवन स्तरमा परिवर्तन र मजबुद बनाई उनिहरुलाई रोजगारमूलक बनाउने उद्देश्यका साथ स्थापना भएको उक्त को– अपरेटिभ –म्यानेजर्स क्लब पर्साले छोटो समयमा नै सहकारी संस्थाहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा ठूलो योगदान पुग्ने गरी उल्लेखनीय कार्य गर्दै आईरहेको सो क्लबका संस्थापक अध्यक्ष बराल बताउनुहुन्छ ।
सहकारी अभियानका विषयहरुमा बहस पैरवी गर्ने कार्यका लागि विषयविज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पुर्याउने विभिन्न कार्यशाला तालिम गोष्ठी तथा छलफल कार्यक्रमहरु सन्चालन गर्ने सहकारी संस्थामा एकरुपता कायम गर्ने सहकारीका ब्यवस्थापक एंव कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य लगायतको उद्देश्य उक्त क्लबको मुख्य उद्देश्य समेत रहेको छ ।

Leave a Reply