सर्लाहीको सगुन सहकारीले पायो सर्लाही जिल्लाकै उत्कृष्ट सहकारी सम्मान

0 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ हरिवनमा केन्द्रिय कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले सर्लाही जिल्ला मध्येकै उत्कृष्ट सहकारीको कारोबारकर्ताको रुपमा सम्मान पाएको छ ।
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले जनकपुरधाममा भएको औपचारिक कार्यक्रममा सोहि संस्थाका अध्यक्ष केशव ढकाललाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।

सो सम्मान– पत्र पाउनुमा संस्थाले गरेको अहिलेसम्मको योगदानको समेत कदर भएको देखिएको छ ।
सहकारी मूल्य मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई संस्थाले विशेष प्राथमिकता समेत दिँदै आईरहेको छ ।
सदस्यहरुको सेवालाई मध्यनजर गर्दै आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको सो संस्थाले सदस्यहरुको आयस्तरमा परिवर्तन ल्याउनुका साथै उनिहरुलाई उद्यमी समेत बनाउन संस्था सफल भएको छ ।
संस्थामा १० हजार भन्दा बढि सदस्य आबद्ध गराईसकेको सो संस्थाले केहि समय अघि सर्लाहीको हरिपुर नगरपालिका र बरहथवा नगरपालिका सेवा केन्द्र समेत विस्तार गरेको छ ।

Leave a Reply