६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ लिडर्स क्लब पर्साद्धारा शैक्षिक सामाग्री वितरण

मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी भन्ने मुल नाराका साथ ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा उपयोगी बचत तथा ऋण सहकारी सस्था लि पर्सागढी न.पा –५ पर्साको सहयोग र को–अपरेटिभ लिडर्स कल्ब पर्साले पर्सागढी न.पा.–४ मा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयको सय जना छात्र छात्रालाई शैक्षिक सामग्री बितरण गरेको छ ।
सो कार्यक्रम को–अपरेटिभ लिडर्स क्लब पर्साका अध्यक्ष रामनिवास देहातीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथि नेफस्कुनका संचालक हरेराम पटेलले सो कार्यक्रम उद्घाटन गर्न‘ु भएको थियो ।
सो कार्यक्रमको बिशिष्ट अतिथीमा पर्सागढी न.पा वार्ड न. ४ का वडा अध्यक्ष समसुदिन साह देवान, बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आदेश ठाकुर र
अतिथीहरुमा किसुदेव प्रसाद, सत्यनाराण महतो, लालबहादुर महतो रितेश यादब लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागत भाषण बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आदेश ठाकुरले गर्नु भएको हो ।
कार्यक्रम संचालन दिब्य सकोसका अध्यक्ष धर्मराज कुशवाहाले गरेका थिए ।