पिपलबोट सहकारी सबै सदस्यहरुको रोजाईको संस्था बनिसकेको छ
पिपलबोट सहकारी सबै सदस्यहरुको रोजाईको संस्था बनिसकेको छ
नेपालको सहकारी अभियानले ६५ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिरहेको छ र यो ६५ बर्षको अवधिमा रहेर सहकारी क्षेत्रले के कस्ता महत्वूर्ण कार्यहरु ग¥यो भन्ने विषयमा ग्रामिण इलाकामा सदस्यहरुलाई उत्पदान मुलक क्षेत्रमा लाग्न सहकारी संस्थाहरुले उत्कृष्ट रुपमा योगदान पु-याईरहेको र सदस्यहरुलाई बचत गर्ने गर्ने बानीको विकास गराई उनिहरुको आय आर्जनमा समेत परिवर्तन ल्याउन सफल भएको सुर्खेतको विरेन्द्रनगर नपा–४ भैरवस्थानमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्धक रमेश खनाल बताउनुहुन्छ ।
उहाँसँग सम्बन्धित रहर सहकारी सञ्जालका कार्यकारी सम्पादक ईश्वर ढुंगेलले गरेको कुराकानी जो यस प्रकार छ
नेपालको सहकारी अभियानलाई कसरी लिनुभएको छ ?
सहकारी संस्थाहरुले स्थापना कालदेखि नै सदस्यहरुको आय स्तर बृद्धिमा उल्लेखनीय कार्यहरु गरेका छन् । यसमा राज्यको पनि ठूलो योगदान पुगेको छ । सहकारी संस्थाहरुले रोजगारी सिर्जना गर्ने राज्यलाई कर तिर्ने र सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पु-याई मानिसमा एउटा क्षमता विकासको परिवर्तन ल्याउनमा पनि ठूलो सफलता हाँसिल गरेको छ ।
साथै सहकारी संस्था समुदायमा आधारित संस्था भएकाले सहकारी संस्थामा आबद्ध भएका व्यक्तिहरु राज्यका विभिन्न वडा, पालिकाहरुको जन प्रतिनिधि भएर राजनीतिक नेतृत्व पनि सम्हालीरहनु भएको उदाहरण हामी कहाँ अहिले पनि छर्लङ्ग रहेको छ । सहकारी संस्थाबाट गाउँ स्तरको विकासमा पनि त्यतिकै मात्रमा योगदान पुगेको देखिन्छ ।
६५ राष्ट्रिय सहकारी दिवसको विषयमा केहि भन्नु हुन्छ कि ?
हामीले चैत्र २० गते हुन गईरहेको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लामा हुने सहकारी दिवसका कार्यक्रमहरुमा प्रतिनिधित्व गर्ने आफ्ना संस्थाका शेयर सदस्यहरु र गैर सदस्यहरु बीच सदस्यमूखी अन्तरक्रिया गर्ने र समाजका अग्रज व्यक्तिहरुसँग पनि नेपालमा सहकारी दिवसको इतिहास देखि वर्तमान अवस्था सम्म सहकारी संस्थाले गरेको योगदानको विषयमा चर्चा परिचर्चाको विषयमा छलफल गरी राष्ट्रिय सहकारी दिवसको कार्यक्रमको आयोजना गर्ने तयारीमा छौं ।
सहकारी अभियानको अहिले आवश्यकता के हो ?
विश्वमा सहकारी अभियानको विकासक्रमलाई गहिरो रुपमा हेर्दाखेरी सहकारीको माध्यमबाट धेरै राष्ट्रहरुको विकासका पूर्वाधारहरु तीव्र रुपमा अगाडि बढिरहेको देखिन्छ । विशेष गरी समुदायमा आधारित संस्थाहरुले सदस्यहरुको आय स्तरमा सु – सम्पन्न बनाउने र उनिहरुलाई उत्पादन तथा उद्यमशीलतामा जोड्ने खालका कार्यक्रमहरु पनि संचालन गर्नु अहिले आवश्यकता पनि रहेको छ ।
राज्यले जसरी सहकारीलाई राज्यको तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा घोषण पनि गरिसकेको छ । यसले गर्दा पनि सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई उद्यमशीलता बनाउनुपर्दछ । मुलुक अहिले नयाँ टेक्नोलोजीको रुपमा अगाडि बढिरहेकोले सबै सहकारी संस्थाहरुले आफ्नो सदस्यहरुलाई छिटो छरितो रुपमा प्रविधि मार्फत वित्तीय सेवा हरु प्रदान गर्नुपर्ने देखिन्छ ।
सहकारीहरुको नीति नियमको विषयमा पनि केहि बोल्नु हुन्छ की ?
नेपालको सहकारी अभियान ६५ औं बर्षमा आईपुग्दा धेरै महत्वपूर्ण कार्यहरु भईरहेको र खासगरी सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ जारी भईसकेको छ यो २०६२ ÷०६३ को आन्दोलनको महत्वपूर्ण उपलब्धी पनि हो । अहिले देश संघियतामा गएसँगै सहकारीहरु पनि कार्यक्षेत्रको आधारमा स्थानीय, प्रदेश र संघीय विभागको जिम्मेवारीमा गईसकेको अवस्था छ । यस्तो अवस्थामा सहकारीकर्मीहरुलाई आफ्नो संस्थाको आर्थिक गतिविधिहरुको रिपोर्ट बुझाउन पनि सजिलो पनि भएको छ । केहि प्राविधिक र जनशक्तिको अभाव पनि देखिएको भए पनि यसलाई सिस्टमेटिक तरिकाले व्यवस्थित गर्दै जाने हो भने सहकारी संस्थाहरु थप टेवा पुग्नसक्ने देखिन्छ । अहिले बचत तथा ऋण सहकारीहरुको छुट्टै साकोस ऐन निर्माणको तयारीमा पनि छ । यो ऐन निर्माण भएपछि बचत तथा ऋण सहकारी संस्थाहरुलाई काम गर्नमा ठूलो मद्दत पनि पुग्नेछ ।
सहकारी संस्थाहरुले गर्नुपर्ने खास काम के हुन जस्तो लाग्छ ?
सहकारी संस्थाहरु सदस्यमुखी भएर अगाडि बढ्नुपर्छ । सहकारीका सदस्यहरुलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने खालका कार्यहरु गर्नुपर्छ समाजमा विकासको परिवर्तन ल्याउनको लागि सहकारी संस्थाहरुले सामाजिक कार्यहरुमा जस्तैः पाटी, पौवा चौतारा लगायत विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुलाई विशेष प्राथमिकता दिनुपर्छ र आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री बनाई उनिहरुलाई उत्पादनमूलक कार्यमा लाग्न जोड दिनुपर्छ ।
यतिबेला तपाई आवद्ध रहेको संस्थाको गतिविधि के छ ?
हाम्रो यस पिपलबोट बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित संस्था भएकाले हामी समुदायमा आधारित संस्थाको रुपमा स्थापित पनि भईसकेका छौं । हामी विशेषतः सदस्यहरुको आय स्तरमा परिवर्तन ल्याउने खालका कार्यहरु पनि संचालन गरिरहेका हुन्छौं । हाम्रो यो संस्था सदस्यमूखी र सबै सदस्यहरुको रोजाईको संस्था पनि हो हाम्रो संस्थाका आर्थिक गतिविधिहरु पनि प्रगतिपथमा अगाडि बढिरहेको छ ।
