सहकारी संस्थाहरुको अनुगमनमा राज्यको भुमिका कमजोर बन्दै गएको छ

0 Shares

– छत्र बहादुर थापा प्रमुख कार्यकारी अधिकृत –विरेन्द्रनगर साकोस सुर्खेत

सुर्खेतको विरेन्द्रनगरमा रहेको विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले नेपालको ६५ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिरहेको अवस्थामा राज्यले सहकारी संस्थाले हालसम्म कति महत्वपूर्ण काम गरिरहेको छ भन्ने विषयमा केहि चर्चा गरेका छन् । राज्यले अहिले सम्म सहकारी सस्थाहरुको हितमा रहेर कत्ति महत्वपूर्ण काम गरिहेको छ र उनिहरुको जीवन स्तरलाई कतिको परिवर्तन गर्न सक्यो भन्ने विषयमा उनले गम्भिर प्रश्न गरेका छन् प्रस्तुत छ उनिसँग सम्बन्धित रहेर सहकारी सञ्जालका कार्यकारी सम्पादक ईश्वर ढुंगेलले गरेको कुराकानी ः जो यस प्रकार छ ।

नेपालको सहकारी अभियान ६५ बर्ष पुग्दैछ, यो अवधिमा राज्यले सहकारीलाई कतिको प्राथमिकतामा राखेको देखिन्छ ?

नेपालको सहकारी अभियान ६५ औं बर्ष पुग्न लागिसकेको छ । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा परिभाषित गरेपनि यसको कार्यान्वयनमा अहिले सम्म राज्यले खासै चासो राखेको देखिदैन । यसले गर्दा सहकारी संस्थाहरु संचालन गर्नमा केहि अप्ठ्यारो स्थिति पनि सिर्जना भएको देखिन्छ । राज्यले सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनको विकासमा सहयोग पु¥याउने खालका कार्यहरु गर्नुपर्ने देखिन्छ । यो राज्यको दायित्व भित्र पर्ने विषयवस्तु पनि हो । अहिले राज्यले सहकारी मर्जर, दोहोरो सदस्य, कर्जा असुली केन्द्र जस्ता विषयवस्तुहरुलाई अगाडि सारेको भएपनि यसको पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको अवस्था छैन र राज्यले सहकारी संस्थाहरुको आर्थिक गतिविधिहरुको सही तथ्यांक पनि निकाल्न नसकिरहेको अवस्था छ । राज्यले एकातिर सहकारी मर्जरको नीति ल्याउने अर्को तिर सहकारी संस्थाहरु भटाभट दर्ताको स्वीकृति पनि दिने गरेको हामीले देखिरहेका छौं । यस्तो अवस्थामा राज्य चुप लागेर बस्ने हो भने यस्ता कार्यहरुले भोलिका दिनहरुमा सहकारी संस्थाहरुमा ठुलो दुर्घटना समेत निम्त्याउन सक्छ । जसकारण सहकारी संस्थाहरुको अनुगमन गर्ने र उनिहरुलाई सिस्टम ल्याउनु पर्ने विषय अहिले चूनौतीपूर्ण रहेको पाईन्छ ।

सहकारी संस्थाहरुमा अहिले तरलताको संकट पनि देखिरहेको छ नि ?

अहिले सहकारी संस्थाहरुको तरलताका कारण लगानीमा आर्थिक मन्दी आईरहेको छ । यसले पनि सहकारी संस्थाहरु संचालनमा अप्ठ्यारो भईरहेको छ । अहिले धेरै सहकारी संस्थाहरुले ऋण लगानीको लागि सदस्यहरुलाई केहि समय धैर्य धारण गर्न सदस्यहरुलाई आग्रह समेत गर्नु परिरहेको अवस्था छ ।

अहिले कार्य क्षेत्रमा आधारमा राज्यका तीन नियामक निकायहरुमा गएका सहकारी संस्थाहरुको अवस्था कस्तो पाउनु भएको छ ?

अहिले संघियताको आधारमा सहकारीहरुको कार्य क्षेत्र प्रदेश, स्थानीय र संघीय विभागमा गएका कारण अहिले कर्णाली प्रदेशले सहकारी संस्थाहरुको लागि के कस्ता कार्यक्रमहरु ल्याएको छ भन्ने विषमा कर्णाली प्रदेशमा रहेका सहकारी विभागले गर्ने कार्यहरु अस्तव्यस्त अवस्थामा नै सिमिति रहेको र कुनै पनि संस्थाको काम लिएर जाँदा पनि अहिलेसम्म कुनैपनि ऐन कानुन पुर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । बनिसकेको सहकारी ऐन संशोधनको प्रक्रियामा रहेकाले राज्यका सहकारी हेर्ने निकायहरुले कुनै पनि सिफारिस गर्ने र संस्थाको गतिविधिहरु बुझ्ने जस्ता कार्यहरुबाट सहकारीकर्मीहरु फिर्ता आईरहनु परेको देखिन्छ । यस्तो अवस्थामा राज्यले सहकारी संस्थाहरुको ऐन नियमवाली जस्ता मुख्य विषयहरुलाई शंसोधन गरी दुत्र रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

सहकारी गरेका महत्वूर्ण कार्यहरु के रहेका छन् ? अहिले सहकारी क्षेत्रमा राजनीति हालीमुहाली पनि भईसकेको छ भन्छन् नी ? यसमा तपाईको विचार के छ ?

अहिले नेपालको सहकारी अभियान सहकारीमय अवस्थाबाट अगाडि बढिरहेको छ र सहकारी क्षेत्रले धेरै महत्वपूर्ण कार्यहरु पनि त्यतिकै मात्रामा गरिरहेका छन् । सहकारी संस्थामा सदस्य बन्नुपर्दछ र सानो – सानो पूँजीलाई बचत संकलन गर्नुपर्दछ भन्ने कुराको पनि सहकारी संस्थाले एउटा ज्ञान समेत सिर्जना गरी उनिहरुलाई उद्यमशिलता समेत बनाईरहेको छ ।
सहकारी संस्थाले सदस्यहरुको आयस्तरमा परिवर्तन लाई उनिहरुको जीवीकोपार्जनमा पनि उथलपुथल गर्ने खालका कार्यहरु पनि गरेको हामीले देखिरहेका छौं
नेपालमा सहकारी क्षेत्र त्यति फस्टाउदो आवस्थामा आई नपुग्दा खेरी केहि साहु माहाजनहरुले चर्को ब्याज समेत असुल्ने गरेका थिए । अहिले आएर त्यो प्रथाको अन्त्य समेत भएको छ । साथै उनिहरुलाई सहकारी शिक्षा साक्षरताहरुको तालिम पनि तिब्र रुपमा प्रदान गरिएको पाईन्छ ।

पछिल्लो समयमा सहकारी क्षेत्र राजीनितीमय अवस्थाबाट गुज्रिरहेको छ र यसमा सहकारी संस्थालाई राजनीतिबाट टाढा राख्नुपर्ने भन्ने मेरो भनाई रहेको छ । सहकारी संस्था भनेको सहकारी, मूल्य, मान्यता र सिद्धान्त अनूरुप चल्नु पर्ने हुन्छ । सहकारी संस्थाहरुले सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरु संचालन गर्नुपर्दछ र जसरी हामी कुनै मठ मन्दिर जाँदा हामी जुत्ता चप्पल खोली मन्दिर दर्शन गर्न जान्छौं त्यसरी नै हामी सहकारीकर्मीहरुले पनि सहकारीमा आबद्ध हुनुभन्दा अगाडि त्यसलार्ई ढोका भन्दा बाहिर राख्नुपर्दछ ।

Leave a Reply