सहकारीको माध्यमबाट ठुला –ठुला उत्पादनमूलक कार्यहरु गर्न सकिन्छ

0 Shares

यज्ञ प्रसाद ढकाल
अध्यक्ष – गंगामाला स्वालम्बन विकास साकोस छिन्चु सुर्खेत

सुर्खेतको भेरीगंगा नपा– को छिन्चुमा आफ्नै सुविधा सम्पन्न भवन बाट वित्तीय कारोबार गर्दै आईरहेको गंगामाला स्वालम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून ) का संचालक र कर्णाली प्रदेश बचत तथा ऋण सहकारी संघका संयोजक समेत रहनु भएका यज्ञ प्रसाद ढकालले अहिले नेपालको सहकारी अभियान ६५ बर्ष पुगिसकेको छ र आजका दिनसम्म आईपुग्दा नेपालको सहकारी क्षेत्रले के– कस्ता महत्वपूर्ण कार्यहरु ग¥यो र भोलिका दिनहरुमा अब कसरी संस्थाहरुले जिम्मेवारी के हो भन्ने विषयमा आधारित रहेर सहकारी सञ्जाल सँग गएिको कुराकानी जो यसप्रकार रहेको छ ।

अहिले नेपालको सहकारी अभियान ६५ बर्षमा आईपुग्दा पनि सहकारी क्षेत्र अझै व्यवस्थित हुन नसकिरहेको अवस्था छ यसमा तपाईको भनाई के छ ?

अहिले नेपालको सहकारी अभियान ६५ बर्षमा प्रवेश गरिसकेको छ , यो बीचमा सहकारी संस्थाहरुले धेरै महत्वपूर्ण कार्यहरु पनि गरेका छन् । सहकारी ऐन २०७४ आउनुभन्दा अगाडि सहकारीका केहि बाधक ऐनहरु पनि थिए यसले गर्दा संस्था संचालनमा केहि अप्ठ्यारो अवस्थामा पनि सिर्जना भयो । अब अहिले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ आएपछि सहकारी संस्थाहरुलाई काम गर्न केहि सहजता पनि भएको देखिन्छ । तर केहि सहकारी ऐनमा देखिएका बुँदाहरु बाधक पनि छन् । यसलाई शंसोधन गरी कार्यान्वयनको दिशाबाट अगाडि बढाउनु पर्ने देखिन्छ । यसो गर्दा खेरी सहकारी संस्था संचालनमा केहि सहजता पनि हुन्छ र सहकारी क्षेत्र थप व्यवस्थित हुने पनि देखिन्छ यसमा सदस्यहरुको स्थायीत्व र विश्वसनियता पनि बढ्दै जान्छ ।

तपाईले सोचेका कामहरु सहकारी क्षेत्रले गर्न सकेका छन त ?

विश्वको सहकारी अभियानलाई नियालेर हेर्दाखेरी नेपालको सहकारी अभियानले पनि सदस्यहरुको सेवामा रहेर महत्वपूर्ण कार्यहरु गरिहरेको अवस्था छ । अहिले सहकारी अभियानमा केहि समस्या देखिए पनि समग्र रुपमा राम्रै देखिन्छ । तर केहि सहकारी संस्थाहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप चल्न नसक्दा र उनिहरुले संस्थाबाट ल्याएको आन्तरिक समस्याको कारणले गर्दा केहि राम्रा काम गर्ने स्थानीय संस्थाहरुलाई पनि यसको असर परिरहेको छ र अनुगमनको पाटो पनि त्यति बलियो हुन नसकेका कारण केहि असहजता पनि देखिएको छ ।
अहिले हाम्रो कर्णाली प्रदेशको सहकारी अभियानको विषयमा कुरा गर्ने हो भने कर्णाली प्रदेशको सहकारी विभागले पनि सहकारी विकास प्रवद्र्धनमा त्यति काम गर्न सकिरहेको छैन कर्णाली प्रदेशमा मन्त्रीहरु देखि लिएर कर्मचारीहरु फेरबदल भईराख्नाले पनि स्थायी रुपमा प्रदेश सरकारले सहकारी फाटको काम गर्न नसकेको हो यो लापरबाही केन्द्रिय सरकार पनि हो जब सम्म दिगो सरकार हुँदैन तबसम्म सहकारी क्षेत्रका कामहरु अस्तव्यस्त अवस्थामा रहिरहने देखिन्छ ? त्यसैले गर्दा कर्णाली प्रदेशका सहकारी संस्थाहरुले आफ्नै बलबुताबाट काम गरिरहेको अवस्था छ तर राज्यले सहकारी

संस्थालाई केहि सपोट गर्ने हो भने त्यसमा केहि सपोट हुन्थ्यो जस्तो मलाई लाग्छ ।

तपाई सहकारी अभियान्ताको रुपमा पनि परिचित हुनुहन्छ ? सहकारी संस्थाले सदस्यहरुको लागि गर्नुपर्ने मुख्य जिम्मेवारी के हो ?
सहकारी संस्थाको मुख्य जिम्मेवारी भनेको मलाई के हो जस्तो लाग्छ भने पहिलो कुरा आफ्नो सहकारी संस्थालाई शुसानमा राख्ने र सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । आफ्ना सदस्यहरुलाई समुदायमा केन्द्रित हुने खालका सहकारी क्षिक्षा तालिम, गोष्ठी पनि संचालन गर्नुपर्दछ र उनिहरुलाई बचत गर्ने बानी बसाल्दै सहकारीको माध्यमबाट उनिहरुको क्षमता विकास पनि गर्नुपर्दछ । सहकारी संस्थाले वित्तीय सेवा मार्फत आफ्ना सदस्यहरुको आय स्तरमा बृद्धि गराई उनिहरुलाई उद्यमशीलता र व्यवसायी समेत बनाउनु सहकारी कर्तव्य पनि हो ।

राज्यले सहकारीको माध्यमबाट गर्नु पर्ने दायित्व के हो ?

राज्यले सहकारीको माध्यमबाट ठूला– ठूला उत्पादनका कार्यहरु संचालन गर्ने, आन्तरिका पुँजी बृद्धि गर्ने, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ लागयतका कार्यहरुमा सहयोग गर्ने यसले गर्दा संविधानले कल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई सुदृढ गर्न सकिन्छ ।

यतिबेला तपाइले नेतृत्व गर्नु भएको संस्थाको गतिविधि छ ?

हामीले अहिले विशेष गरी सदस्यहरुलाई कृषि तथा आधुनिकीकरण को प्रविधि मार्फत उनिहरुलाई व्यवसायीकरण बनाउनमा जोड दिईरहेका छौं । उनिहरुलाई सीप पूँजी र प्रविधिको माध्यबाट उद्यमीलता बनाउने र उनिहरुलाई आवश्यक सहकारी शिक्षा तालिमहरुको पनि प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ । हाम्रो यो गंगामाला स्वाबलम्वन विकास सहकारीले स्थापनाकाल देखि हालसम्मका दिनहरुमा सदस्यहरुको जीवन स्तर उकास्नमा ठूलो योगदान पुयाईरहेका छौं सहकारी मुल्य मान्यता र सिद्धान्तको पालनालाई आत्मासाथ गरी विभिन्न बेला– बेलामा सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेका छौं ।

Leave a Reply