६५ बर्षे सहकारी अभियानले सदस्यहरुमा उल्लेखनीय योगदान पु-याईरहेको छ
अमरावती महर्जन – अध्यक्ष उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि.
। नेपालको सहकारी अभियान ६५ औं बर्षमा प्रवेश गर्दा सहकारी संस्थाहरुले सदस्यहरुको जीवनस्तरमा उल्लेखनीय योगदान पु¥याईरहेको काठमाडौं सितापाईलामा रहेको उपसना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमरावती महर्जन बताउनुहुन्छ ।
एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको भावनाको विकास गरी सहकारी अभियानले सदस्यहरुको एक आपसको सारथी बनी आत्मीयताको को संचार समेत बनेको उहाँको भनाई छ ।
गुठी, पैचो, पर्म जस्ता अनौपचारिक पद्धतीलाई विस्तापित गरी २०१३ चैत्र २० गतेबाट नेपालको प्रथम औपचारिक सहकारी बखान सहकारी संस्थाको गठन भई नेपालमा सहकारीको औपचारिक सुरुवात भएबाट सहकारी संस्थामा आबद्ध सदस्यहरु नै संस्थाका वास्तविक मालिक हुन भन्ने भावनाको विकास समेत गरेको उहाँको भनाई छ ।
सहकारी अभियानले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरी देशभरी ठूलो संख्यामा रोजगारी सृजना समेत गरेको र वित्तीय क्षेत्रमा सहज पहुँच बनाई आर्थिक उपार्जन लागि सहज वातावरणको निर्माण समेत गरेको र सहकारीले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा आवश्यक योगदान गरी आबद्ध सदस्यहरुका साथै राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु¥याउने, सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने, सदस्यहरु बिच नेतृत्व विकास, सामुहिक शसक्तिकरण महिला विकास आदिमा महत्वपूर्ण योगदान पु¥याएको उहाँको कथन छ ।
सहकारी क्षेत्रले अहिले सम्म के महत्वपूर्ण कार्यहरु ग¥यो भन्ने प्रश्नको जवाफमा उनले सहकारी संस्थाले वित्तीय क्षेत्रमा सहज पहुँच पु-याउने र स्थानीय श्रम, शीप र पूँजीलाई सहकारीको माध्यमबाट स्थानीय रुपमै परिचालन गरी स्थानीय आवश्यकताको पूर्ति गरी गरिबी घटाउनुका साथै राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तीमा सहयोग समेत गरेको उहाँको धारण छ ।
साथै सहकारी संस्थाले स्थानीय श्रोत र साधनको परिचालन, स्थानीय स्तरबाट पुँजी निर्माणको अभ्यास गर्ने सदस्यहरुलाई बचत गर्ने बानी तथा स्वरोजगार बनाउँने पद्दतीको विकास सँगै डिजिटलाईजेशन एटीएम आदिको सुरुवात, सहकारीमा पूँजीको होईन सदस्यहरुको महत्व हुन्छ भन्ने भावनको विकास, लघु वित्त समुहहरु गठन गरी महिलाहरुलाई उद्यमशील बनाउने कार्यको सुरुवात बिना धितो, झन्झट रहित कर्जा प्रणाली माहामारीमा घरदैलो सेवा लगायत सदस्य हितका अन्य विविध कार्यहरुमा सहकारी संस्थाले उल्लेखनीय कार्य गरेको उहाँ बताउनुहुन्छ ।
