् बी.पी.कोइराला, समाजवाद र सहकारी
डा. सुषमा बास्कोटा बराल
वरिष्ठ अधिवक्ता
१.विषयप्रवेश
नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला लगायत नेपालीहरुको अथक प्रयासबाट वि.स.२००७ सालमा देशमा प्रजातन्त्र आएको थियो । निरङ्कुश जहानीया राणाशासनको अन्त्यपछि नेपाली जनतालाई निरड्कुशताबाट मुक्ति मिलेको थियो । स्वतन्त्र वातावरणमा नेपालीहरुको सामाजिक आर्थिक र राजनैतिक विकास गर्नु थियो ।देश र जनताको साँच्चै विकास गर्न प्रजातन्त्र सँगै धेरै कुरामा विचार पु¥याउनु पर्छ भन्ने विश्वेश्वरप्रसाद कोइरालाको सोँच थियो । उनी अर्थतन्त्रको विकास विना समाज सुदृढ नहुने र समाज सुदृढ नभई देशको विकास नहुने कुरामा विस्वस्थ थिए । त्यसैले अनिवार्य रुपमा आर्थिक विकास गर्न समाजवाद आवश्यक हुन्छ भन्नेमा उनी दृढ थिए ।उनी प्रजातान्त्रिक समाजवाद भन्नु नै उदार प्रजातन्त्र भित्रको सामाजिक न्याय हो,प्रजातन्त्र र राष्टिूयता अन्योन्याचित छन् । राष्ट्रियता प्रजातन्त्रको देन हो भन्ने गर्थे । उनको जसरी प्रजातन्त्रले राष्टू र जनतालाई राजनैतिक स्वतन्त्रता प्रदान गरेर विकासका लागि अगााडि बढ्न सुमार्ग देखाउँछ त्यसरी नैदेश र जनतालाई आर्थिक रुपले सवल बनाउन समाजवादले बाटो देखाउँछ भन्ने विचार थियो । यहि सोच भएका कारण उनले प्र्रजातन्त्रसँगै समाजवादलाई जोडेर आफ्नो आदर्श सिद्धान्त प्रजातान्त्रिक समाजवाद अँगालेर अगाडि बढि रहेका थिए । सहकारीको माध्यमबाट समाजवाद स्थापना गर्न उनी व्यवस्था गर्दै थिए । २०१७ सालमा प्रजातन्त्र हटाएर राजा महेन्द्रले पञ्चायति व्यवस्था लागु गरेपछि उनको योजना विचमा नै रोकिन पुग्यो । २०४६ सालको जन आन्दोलन बाट पुनःप्रजातन्त्र आएपछि पुनःती विचारहरु उठ्न थालेका छन् । संख्यात्मक रुपमा सहकारीको वृद्धि पनि भएको छ । २०६२, ०६३ को आन्दोलन पछि बनेको अन्तरिम संविधान,२०६३ ले त राज्यको अर्थ नीतिको तीन खम्बा मध्ये एक खम्बा सहकारीलाई माने पछि यसको महत्व झनै बढ्यो । झन् २०७२ सालमा संविधानसभाबाट बनाइएको नेपालको संविधान , २०७२ त उनको विचारलाई आत्मसात गर्दै उनको योजना अनुसार समाजवाद सहकारीको माध्यमबाट स्थापना गर्न तयार भएको छ । यसबाट आज नेपाली काड्ग्रेस मात्र लोकतात्रिक समाजवाद स्थापनाका लागि अगाडि बढिरहेको होइन रहेछ सबै दलहरु अर्थात् सिड्गो देश नै अगाडि बढिरहेको स्पष्ट देख्न सकिन्छ । यसको प्रमाणमा हामी हाम्रो संविधान , २०७२ को निर्देशक सिद्धान्तको धारा ५०( ३) लाई हेर्न सक्छौँ । यस धारामा स्पष्ट रुपमा समाजवाद उन्मूख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने प्रावधान राखिएको छ । गान्धीसँग नजिक रहेकाले उनले पछ्याएको समाजवाद गान्धीबाट प्रस्तुत स्थानीय सहकारिता अर्थात् परिवारमा आधारित स्वशासित प्रजातान्त्रिक समाजवाद थियो भन्न सकिन्छ । यसको प्रमाणमा उनले सहकारीको स्थापनालाई जोड दिँदै वि.सं २०१० सालमा नै सहकारी विभागको स्थापना गरेको लाई लिन सकिन्छ । यस लेखमा सहकारीबाट कसरी समाजवाद उन्मूख कार्य गर्न सकिन्छ अनि हाम्रा ऐन कानूनहरुले कसरी सहकारीलाई सहयोग हुने गरी प्रावधान राखेका छन् भन्ने बारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ । यो लेख प्रजातान्त्रिक समाजवादका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको परिचय, समाजवादको सिद्धान्त र यसलाई प्राप्त गर्ने सरल बाटो सहकारीका बारेमा वर्तमान कानून केलाउर्दै स्पष्ट पार्ने कार्यमा आधारित प्रयास गरिएको छ ।
२.विश्वेश्वरप्रसाद कोइराला र समाजवाद
वि.सं.१६६० मा सेन राजाको राजधानी लमजुङ्मा दामोदर कोइराला नाम गरेका एक २० वर्षे केटा आएर सेन राजाको नजिकमा ४२ वर्षसम्म रहेका थिए । उनै दामोदरका छोरा शिवदत्त कोइराला सेन राजाका काजी भए । उनलाई सेन राजाले दुम्जामा बिर्ता दिएका थिए । शिवदत्तले उक्त बिर्ता पाएको जग्गा आफ्ना भाइ हरिहरलाई भोग गर्न दिए । पछि शिवदत्तका कान्छा छोरा परशुराम र परशुरामका पनि कान्छा छोरा विश्वम्भर र विश्वम्भरका कान्छा छोरा करुणाकर र करुणाकरका पनि छोरा नन्दीकेश्वरले दरवारमा पालिएकी विदुशीकन्या राज्यलक्ष्मी सँग विवाह गर े। उनीहरुका छोरा कालिदास राणाको दरबारमा सरदार थिए । कालिदासको पनि तीन छोर ाभए । तीन छोरामा जेठा नारायणप्रसाद सुब्बा,माइला हिरालाल लप्टन थिए भने कान्छा कृष्णप्रसाद चाहि समाजवादका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाका पिता थिए । विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइराला ४ वर्षको हुँदा उनको बाबुको मृत्युु भयो । बाबुको मृत्यु पछिविदुषीमाता राज्यलक्ष्मीसँगउनीदुम्जाछाडेर काठमाडौँ आएकाथिए । उनको रुक्मिणी देवी, मोहन कुमारी र दिब्या कोइरालासँग विवाह भएको थियो । कान्छी पत्नी दिव्या कोइरालाबाट वि.सं. १९७१ साल भाद्र ( ८ सेप्टेम्बर १९१४ं ) २४ गते विश्वेश्वर प्रसाद कोइरालाको जन्म भयो । नेपालमा उनैको नेतृत्वमा प्रजातन्त्रको स्थापना भयो । उनले नै आर्थिक विकासका लागि समाजवादको आवश्यकता औँल्याए । फलस्वरुप आज उनी प्रजातान्त्रिक समाजवादका प्रवर्तक मानिन्छन् । आज उनकै दिशानिर्देशमा नेपाली काड्ग्रेसको राजनीति राष्टियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो मूल लक्ष बनाएर अगाडि बढेको छ भने नेपालको संविधान, २०७२ समाजवाद उन्मूख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने आर्थिक उद्देश्य लिएर आएको छ ।
नेपाली राजतन्त्रमा प्रभाव पार्न सफल उनको संघर्ष जन्म सँगै सुरु भएको देखिन्छ । बनारसको एक अस्पतालमा शल्यक्रियाबाट जन्मिएका उनी आमाको गर्भबाट नै संघर्ष सुरु गर्नु परेको उनले वताएका छन् । उनको न्वारनको नाम चुडामणि थियो । उनको प्रारम्भिक शिक्षा घरमा नै भयो उनी एकै चोटी कक्षा तीनमा भर्ना भएका थिए । बनारसमा अंग्रेजी पढ्न सुरु गरेका उनले अंग्रेजको विरोध गर्दै अंग्रेजले खोलेको स्कूल बहिस्कार गरेका कारण उनी बनारसकै ठटेरीमा सञ्चालित गान्धी आश्रममा पढ्न थाले । आठ कक्षा सम्म गान्धी आश्रममा पढेर गान्धी सँग नजिक भएका उनी पछि हरिश्चन्द्र स्कूलमा भर्ना भए । हरिश्चन्द्र स्कूलबाट सन् १९८७ मा प्रवेशिका पास गरेर उनी अर्थशास्त्र र राजनीति शास्त्र पढ्न काशी हिन्दु विश्वविद्यालयमा इन्टर मिडियट गर्न पुगे । हरिश्चन्द्र स्कूल पढ्दै गरेको अवस्थामा १५ वर्षको उमेरमा मोतिहारी षडयन्त्र काण्डको अभियोगमा अड्ग्रेज शासकद्धारा गिरफ्तार भएका िथए । काशी हिन्दु विश्वविद्यालयमा भर्ना भएपछि देवकान्त , राजेश्वर राव सँग मिलेर १९८९मा कम्यूनिष्ट सड्गठन खोलेर सचिव भएका थिए । रुसका स्टालिन र टूस्की बीच झगडा परेपछि सत्ता प्राप्त गरेका स्टालिनले टूस्की समर्थकलाई चरम यातना दिएको सुने पछि उनको कम्यूनिष्ट मोह हटेको थियो । तर उनी समाजवादी जयप्रकाश नारायण,डा.राममनोहर लोरियासँग नजिकै हुँदै वि.सं १९९१मा भारतीय काड्ग्रेस सोसलिस्ट पार्टीको सदस्य भएका थिए भने विसं. १९९६ मायसको विधान शाखाको सड्गठन सचिव भएकाथिए । काशी हिन्दु विश्वविद्यालयबाट आए.ए. पास गरेका उनले सन् १८९३ पुग्दा कानून विषय अर्थात् एल.एल.वी. गर्नमा सफलता प्राप्त गरे । तर राजनीतिका कारण एम.ए को पढाई पुरा गर्न सकेनन् । पार्टीको मुखपत्र जनता – हिन्दी को सम्पादक बनेर काम गर्दागर्दै वि.सं १९९८ माउनलाई मजदूर आन्दोलनका क्रममा दर भड्गामा पक्राउ गरिएको थियो ।पछि १९९९ मा गान्धीद्धारा आयोजित भारत छोडो आन्दोलन मा पनि पक्राउ परेका उनलाई बान्कीपूर जेलमा राखिएको थियो । त्यहाँ राजेन्द्रप्रसाद सँग भेटेका उनको हजारी बाग केन्द्रीय जेलमा सारे पछि त्यहा धेरै ठूलाठूला नेताहरुसँग भेट भएको थियो । केन्द्रीय जेलमा ३ वर्ष बसेपछि उनी राजनीतिमा त परिपक्व भएका थिए तर उनको एम.ए. गर्ने इच्छा भने राजनैतिक व्यस्थताले पूर्ण हुन दिएन । उनको जीवनलाई अर्कै मोडमा पु¥यााईदियो ।
२००२ सालमा जेलबाट छुट्दा बाबुको मृत्युको खवरले मर्माहित भएका उनी आफ्नो घाटीको क्यान्सरबाट पीडित बन्न पुगे । एम ए. पूरा नगरेर के गर्नु आज देशकै मुहार फेर्न सफल उनी महामानवकै रुपमा हाम्रा सामू जिवित छन् ।उनले भारतलाई स्वतन्त्र बनाउने अभियान देखि देशमा राणशासन हटाएर प्रजातन्त्र ल्याउने सम्मका काम मात्र गरेनन् । आर्थिक समानताका लागि समाजवाद ल्याए । उनले भारत स्वतन्त्र भएपछि २००३ साल कार्तिक मा जनराज्य स्थापना हुनु पर्छ भन्ने अपिल पहिलो पटक सर्चलाइट पत्रिकामा प्रकाशित गरेका थिए । यस पछि कृष्णप्रसाद भट्राई, बालचन्द्र शर्मा , गोपाल प्रसाद भट्राई , इश्वर बराल, नरेन्द्र रेग्मी, जस्ता व्यक्तिहरुसँग भेटेका थिए र त उनको संयोजकत्वमा २००३ साल कार्तिक ३ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको जन्म भएको थियो । उनले रजनैतिक संगठन गरी देशमा प्रजातन्त्र ल्याएका थिए भने देशको उन्नति र सवलताका लागि राजनैतिक, सामाजिक र आर्थिक नीति समेत् निश्चित गर्न सफल भएका थिए । त्यस्तै, उनले हिन्दी साहित्यलाई बढाउने देखि नेपाली साहित्यलाई समृद्ध पार्ने सम्मका काम गरे । उनी थोरै स्वदेश बसे भने बाध्यताले उनी धेरै बिदेश बस्न बाध्य भए ।उनको जीवन कहिले हाइहाइमा वित्यो भने कहिले अडकलेको एक मुठी चना खाएर बस्न विवस भयो । यसरी उनको बाल्यकाल सुख र दुखको ठूलो अन्तर आत्मसात गर्दै अगाडि बढेको देखिन्छ ।
विश्वेश्वरप्रसाद कोइराल को किशोरावस्था पिता कृष्णप्रसाद कोइरालाको राजनैतिक चेतना र समाज सुधारका प्रयासबाट दण्डित हुँदै निर्वासित जीवन बिताउँदै भाग्न परेकाले भारतमा नै बित्यो ।उनले युवावस्थामा नै धेरै लेखहरु लेखे । ३३ वटा लेखहरुको सँगालो बी.पी.वाद(नेपाल पुकार, युगवाणी,कल्पना दैनिक,तरुण, वरगाक्षी,यौवन मासिक आदिमा प्रकाशित लेखहरु) लेखहरु देखिन्छन् ।
उनले सन् १९७३ माराजतन्त्र र लोकतन्त्र भाग १, ्
समाजवादी विद्या संस्थान बनारसबाट प्रकाशित गराएकाथिए । १४वटा लेख र ३ वटा दस्तावेज भएको यो सँगालोले उनको किशोरावस्थाको दृष्टिकोण स्पष्ट पारेको छ । उनले लेख्ने मात्र काम गरेका होइनन् प्रवासमै बसेर पनि सक्रिय राजनीति गरेका थिए । उनी भारत स्वतन्त्रता संग्राममा जेल समेत गएका थिए ।
यसरी प्रवासमा सक्रिय सहभागिता जनाएका उनी काङ्ग्रेस सोसलिस्ट पार्टीका कार्यकर्ता नै थिए । सन् १९३० देखि १९४५ को समयमा युरोपका सोसल डेमोक्र्टिक पार्टीहरु माक्सवाद अपनाउदै थिए । काङ्ग्रेस सोसलिस्ट पार्टी पनि माक्र्स, एङ्गेल्स अर्थात ्माक्सवाद प्रतिनिष्ठावान थियो ।यस पार्टीका आचार्य नरेन्द्रदेव र जय प्रकाश नारायण माक्सवादी सिद्धान्तका अनुयायी थिए । यी दुवै जनासँग वि.पी.को नजिकैको सम्बन्ध थियो । यिनीहरुसँग नजीकै भएका कारण पनि उनी माक्सवाद मन पराउने भएका थिए भन्न सकिन्छ । उनले एकातिर गान्धीले भारतीय राष्ट्रिय काङ्ग्रेसको कायाकल्प गरेको देखेका थिए भने अर्को तिर लोरियाले सोसलिस्ट पार्टीको विभाजन गरेका सुनेका थिए । यसबाट वि.पीले समाजवादी शिक्षा पुस्तकबाट मात्र हँुदैन रहेछ भन्ने सजिलै बुझ््न सकेका थिए । त्यसैले उनी विचारमा समाजवादको पक्षधर हुन पुगेका थिए । उनको विचारमा आम जनता, निम्न मध्यमवर्ग, किशान, र श्रमजििवहरुको हक र हितका लागि सधै चिन्तनरत रहने व्यवस्था नै समाजवाद थियो । उनी समाजवाद शास्त्रमा मात्र सीमित रहन सक्दैन भन्दै आफ्नो मुलुकको इतिहास, समाज र संस्कृतिबाट सम्पूर्णको आर्थिक स्तर उठ्ने गरी अपनाइने वाद नै समाजवाद थियो । त्यसैले त उनले समाजवादको पाठशाला समाज, इतिहास , संस्कृति हो भन्ने धारणाव् यक्त गर्ने गरेको पाइन्छ । आफ्नो समाज र संस्कृति हेरेर जनताको आर्थिक विकास उठाउन अपनाइने आर्थिक व्यवस्था नै उनको विचारमा समाजवाद थियो ।भारतीय कांग्रेस समाजवादी पार्टीको सन् १९२४ देखि १९४७ सम्मको विचारधाराबाट प्रभावित भएकाउ नले भारतीय स्वाधिनता संग्राममा सक्रीय सहभागिता देखाएका थिए । उनको विचारमा इतिहास राजनीति विज्ञानको एउटा प्रयोग शाला थियो । त्यसैले त उनको इतिहासलाई हेरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा थियो ।समाजवादी शिक्षा पुस्तकबाट मात्र पाइदैन भन्ने कुरा गान्धीले भारतीय राष्ट्रिय कांग्रेसको कायाकल्प व्यवहारमा परिवर्तन ल्याएर गरेकोबाट बुझेका थिए । उनी कृषि क्षेत्रका पढेका डाक्टरहरुको तुलनामा गाउँमा आफै हलो जोत्नेले र आफैले खेति गर्ने किसानले आफ्ना खेती बारेमा राम्रो गर्न सक्छन भन्ने धारणा राख्दथे । उनको किशानहरुको भावनालाई आर्थिक योजनामा आत्मसात गर्दै अघि बढ्नु पर्छ भन्ने उनको सोच थियो । यस कुराको उदाहरणमा हामीकुनै पनि नीतिगत निर्णय गर्ने ठाउँमा किसानको तस्बिर राख्नु पर्छ भनेको लाई लिन सक्छौँ । तस्बिर भनेको एउटा बिम्ब मात्र हो , बास्तवमा उनको भनाइ भनेको जुनसुकै काम पनि आफ्नो धरातलमा उभिएर गर्नु पर्छ भन्ने हो । अर्थशास्त्रका दुई पाटा मध्ये बढी भन्दा बढी सेवा दिई कूल नाफा धेरै कमाउने छ भने आर्को थोरैलाई धेरै सामान बेचेर धेरै नाफा कमाउने छ । यी मध्ये पहिलो पाटा समाजवादी पाटा हो भने अर्को पूँजीवादी पाटा हो । यहाँ पूँजीबादी पाटो बलियो छ ।त्यसैले आर्को पाटो बलियो बनाउनु पर्छ भन्ने उनको सिद्धान्त नै समाजवादी सिद्धान्त हो । उनी उनको समाजवादलाई माक्स , एङ्गेल्स,काउ कस्की , लेखा चोभ र लेनिनका योजनाबाट अलग राखेर बुझ्न सकिदैन भन्दछन् ।
फ्रान्सका सेट साइमनले सन् १८०३ मा प्रथम पटक समाजवादी शव्दको प्रयोग गरेका थिए ।फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रता संग्रामपछि सामन्तीव् यवस्थाको त अन्त भयो भने पूँजीवादीव् यवस्था त्यस्तै भएर रह्यो । जसका कारण १८४८मा कार्ल माक्स र फ्रेडरिक एङ्गेल्सले दास क्यापिटल नामक पुस्तक लेखे जसमा सामाजिक विसङ्गतिलाई वैज्ञानिक तरिकाबाट विश्लेषण गरिएको छ । पछि कम्यूनिष्ट घोषणापत्र आएपछि क्रान्तिको सुरुवात भयो अनि सन् १९१७ मा लेनिनले र १९४९मा माओले क्रान्ति गरेर सर्वहारा वर्गको अधिनायकवाद स्थपना गरे । यस्तो समाजवादलाई अधिनायकवादी समाजवाद भनिन्छ । १९५० को दशकमा भियतनमा होचिमिन्हले माक्स, लेनिन र माओलाई नै गुरु बनाउँदै समाजवाद तर्फ अघि बढ्दै थिए । यस्तो अवस्थामा समाजवादलाई कसरी प्रजातान्त्रिक रुप दिने भन्ने छलफल हुदै थियो । बनार्ड शा, एच.जी. वेल्स, ग्राहामबेल्स र एडबर्ड बल्सटाइम जस्ता विद्धानहरुले शान्तिपूर्वक समाजवाद स्थापनाहुन सक्छ भनेको पाइन्छ । यसकै फलस्वरुप बेलायतमा लेवरपार्टी जन्मिएको थियो । यसरी पश्चिम युरोपम ाजन्मिएको यो विचार प्रजातान्त्रिक समाजवाद सँग मिल्ने विचार थियो । यसरी क्रान्तिबाट सर्वहारा वर्गको अधिनायकवादको स्थापनामा विश्वास गर्नेहरु साम्यवादी भएको देखिन्छ भने प्रजातान्त्रिक बाटो बाट क्रमिक रुपमा सुधार गर्दै समाजवाद स्थापना गर्न सकिन्छ भन्नेहरु प्रजातान्त्रिक समाजवादी हुन पुगेको पाइन्छ ।समाजवादी सिद्धान्तका प्रवर्तक मध्येका एक ट्स्की, थिए भने युरोपमा व्यवहारमा उतार्नेहरु कार्ल माक्स, हबर्ट मोरिसन (ज्भचदभचत ःयचचष्कयल)आदि थिए । भारतका गान्धीसँग आफ्नै प्रकारको समाजवादी सोचाइ थियो । आचार्य नरेन्द्र देव, डा. लोरिया जयप्रकास नारायणहरु प्रजातात्त्रिक समाजवाद र गान्धीवादको सार्थकतामा विश्वास गर्थे । धेरै लामो समयसम्म वि.पी पनि यिनीहरुसँगको सामिप्यतामा रहेका थिए । यसै कारण उनको समाजवादी सिद्धान्त पनि उनीहरुसँग नै मिल्दो जुल्दो पाइन्छ । विश्वमा हालसम्म तीन प्रकारका समाजवादका नमूना देखिएका छन् ।
१. सोभियत भूमिबाट माक्र्सवादको आधारमा जन्मिएका एक दलीय अधिनायकवादी समाजवाद अर्थात् साम्यवाद,
२.पूँजीवादमा सुधार गरी ल्याइएको पश्चिम युरोपेली बहुदलीय प्रजातन्त्रिक समाजवाद र
३. गान्धीबाट प्रस्तुत स्थानीय सहकारिता र परिवारमा आधारित स्वसासित प्रजातान्त्रिक समाजवाद
माथिका तीन थरीका समाजवाद मध्ये तेस्रो किसिमको समाजवाद नै वी.पी. को समाजवाद सँग मिल्दो जुल्दो समाजवाद हो । फ्रान्सेली समाजवाद र वेलायती प्रजातन्त्रमा अमेरिकी पूँजी िनर्माण पद्धतिलाई मिसाउँदा जुन किसिमको राजनैतिक र आर्थिक मोडेल बन्दछ त्यो नै वि.पी. कोइरालाको प्रजातान्त्रिक समाजवादको नमूना थियो भन्ने गरेको पाइन्छ । उनी आफ्नै शक्ति र सामथ्र्यमा निर्माण गरिएको प्रविधि युग अनुकूल सुधार गरेर एउटा मुलुक सुहाउँदो यहाँको भौगोलिक र प्राकृतिक वातावरण अनुकूलको नेपाली मानवीय संसाधनबाट परिचित हुन सक्ने प्रविधिका पक्षमा थिए । समाजवाद स्थापना गर्नका लागि उनी सिद्धान्तमा मात्र होइन व्यवहारमा पनि सक्रिय थिए भन्ने कुराको उदाहरणमा वि.सं. २००४ को विराटनगरको जुटमिलमा गरिएको मजदूर आन्दोलन र २००६ सालमा तनहँु र लमजुङमा भएको हलो क्रान्तिलाई लिन सकिन्छ । यी कार्यक्रमहरु समाजवादतर्फ उन्मूख कार्यक्रम थिए । यति मात्र होइन उनी वि.सं. २०१० सालमा बर्माको रङ्गुनमा भएको एसियाली समाजवादीहरुको भेलामा प्रमुख अतिथिका रुपमा भाग लिन गएका थिए भने २०११ सालमा जापानमा सम्पन्न समाजवादी राज्यहरुको सम्मेलन मादलको नेताको रुपमा सहभागी हुन गएका थिए । यी उदाहरणलाई उनका समाजवाद प्रतिको लगनशीलता मान्न सकिन्छ ।
सम्पति, अवसर,सेवा र सुविधाहरुको सकेसम्म बराबरी रुपमा विना कुनै भेदभाव वितरण भई स्वस्थ्य, गतिशील र न्यायपूर्ण समाजको सुजना गर्ने व्यवस्था समाजवाद हो ।सबै जनाले खान लाउन पाउने, आफ्नो रुची अनुसार काम गर्न पाउनु, शिक्षा तथा स्वास्थ्य सेवा पाउनु, व्यक्तित्व विकासका लागि समान अवसर प्राप्त गरेर लोक कल्याणकारी समाज बनाउन नै समाजवादको मूख्य उद्देश्य हो । प्रजातान्त्रिक समाजवाद भन्नु नै उदार प्रजातन्त्र भित्रको समाजिक न्याय हो भन्ने उनको विचार थियो । उनको विचारमा राष्ट्रियता प्रजातन्त्रको देन हो । उनी प्रजातन्त्र र राष्ट्रियताका वीच अन्योन्याचित सम्बन्ध रहन्छ भन्ने गर्थे । उनको समाजवाद भनेको पनि बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा आधारित स्वतन्त्र परिवारको सृजनामार्फत जनताको विकास गर्नु थियो । उनी प्रजातन्त्र विनाको समाजवाद ताना शाही हुने र समाजवाद विनाको प्रजातन्त्र असामाजिक हुने बताउथे । त्यसैले उनले शासन चलाएको बेलामा ( २०१५ देखि २०१७ सम्म) राजा रजौटा उन्मूलन गरे, जसको जोत उसको पोत हुने गरी भूमिसुधार कार्यक्रम ल्याए, विर्तामा दिएका जंगलहरु राष्ट्रियकरण गरिए, जनताको सहभागिता बढाउन सहकारी कार्यक्रम लागु गरे, विकेद्रिकरण साशन प्रणाली लागु गर्नूृ पर्छ भने ।यति मात्र होइन वि.सं. २०१० सालमा बर्माको रङ्गुनमा भएको एसियाली समाजवादीहरुको भेलामा प्रमुख अतिथिका रुपमा भाग लिन गए भने २०११ सालमा पनि जापानमा सम्पन्न समाजवादी सम्मेलन मादलको नेताको रुपमा सहभागी हुन पुगे । यतिमात्र होइनउनी २०१६ सालमा चीन भ्रमणमा गएका थिए भने २०१७ सालमा इजरायल गएका थिए । २०१७ सालमा नै उनी अमेरिका पनि गएका थिए । यति मात्र होइन २०१७ साल पुष १ गते नजरबन्दी बनाइएपछि जव उनी भारतमा निर्वासित जीवन विताउन थालेका थिए यस्तो निर्वासित समयमा समेत युरोपका केही मुलुकहरुको भ्रमण गरेका थिए ।
उनको समाजवाद प्रति अत्यन्त झुकाव थियो भन्ने उदाहरण मावि.सं..२०१७ सालपुष १ गते भन्दा पहिला लेखेका लेखमा माक्सवादी विश्लेषण भेटिनुलाई लिन सकिन्छ । लामो कारावास पछि सन् १९६८ मा छुटेका उनी विद्रोह प्रकट गर्दै नेपालमा नबसेर पुन बनारस नै गएका थिए । उनले बनारस
बाट तरुण पत्रिका प्रकाशन गरेर क्रान्तिको आह्रवान गरेका थिए । यसै पत्रिकाबाट उनले राजतन्त्र र राष्टियताका विषयमा बहस सुरु गर्न थाले । प्रतिरोध आन्दोलन गरिए । उनी सन् १९७६ डिसेम्बर ३०का दिन नेपाल फर्किए अनि देशबासीका नाममा सम्बोधन गरे । यसै सम्बोधनमा उनले मेलमिलाप आवश्यक रहेको कुरा व्यक्त गरेका थिए । राजासँग मिलेर अघि बढ्नु पर्छ भन्ने उनको भनाई थियो । यसपछि २०३५ सालमा जनमत संग्रहको घोषणा गरियो । जनमत संग्रहको परिणाम स्वीकार गर्दै अघि बढ्दै गर्दा २०३९ सालमा क् यान्सरका कारण उनको मृत्यू भयो । आज पनि हामी उनको विचार धारालाई कार्यन्वयनमा ल्याउन अघिबढि रहेका र्छौ ।
फ्रान्सेली समाजवाद र बेलायती प्रजातन्त्रमा अमेरिकी पूँजी निर्माण पद्धतिलाई मिलाउँदा जुन किसिमको राजनैतिक र आर्थिक मोडेल बन्दछ त्यो नै बिपी कोइरालाको समाजवाद थियो भनिन्छ । उनी जर्मनी का राजनीतिज्ञ सुमेकर ( क्अजगmबअजभच )को सानो र सुन्दरलाई यथार्थमा कार्यान्वयन गरेर नेपालका लगभग चार हजारको सड्ख्यामा रहेका गाउँहरुलाई एक आपसमा जोडिएका साना ग्राम सहरले भरिएको सुन्दर देश नेपाल बनाउन चाहन्थे भन्ने सजिलै बुझ्न सक्छौँ । त्यसैले त प्रजातन्त्र आएसँगै अर्थात् २०१० सालमा सहकारी विभागको स्थापना गरिएको थियो । विश्व जगतमा सहकारीबाट तल्लो वर्गको विकास हुन्छभन्ने बुझेका उनलाई औधोगिक क्रान्तिका समयमा बेलायतका कामदारहरु काम नपाएर छटपटाएको अवस्थामा सस्तो मूल्यमा सामानउपलब्ध गराई अमानवीय शोषणको अन्त्य गर्न रोचडेल इक्व्टिेबल पायोनियर्स सोसाइटी नामक पसल खोलिएको थियो । यसले जनकल्याणको काम सफलतापूर्वक सम्पन्न गरेको बुझेका उनलाई यो सहकारीको प्रथम रुप भन्ने थाहा थियो । त्यसैले त उनले २०१३ साल चैत्र २० गते चितवनमा बखान ऋृणतथा बचत सहकारी संस्थाको स्थापना गर्न सहज वातावरणको व्यवस्था गरेका थिए । यसलाई संस्थागत गर्न २०१६ सालमा सहकारी संस्था ऐन पनि ल्याइयो । तर २०१७ सालको राजा महेन्द्रको कदमले वि.पी.को सहकारी अभियानलाई विचैमा रोकिदियो । पछि २०४७ सालमा प्रजातन्त्र पुन प्राप्तिसँगै सहकारी ऐन, २०४८ ल्याइएको थियो । संख्यात्मक रुपमा सहकारीहरुको वृद्धि पनि भयो तर यी सहकारीहरुले बि.पी.को समाजवाद स्थापना गर्ने मार्ग यो हो भनेर बुझ्न सकेनन् । न सहकारीले सोचे जस्तो काम नै गर्न सक्यो ।
३.सहकारी व्यवस्था, समाजवाद र वर्तमानकानून
सन् १९९५ अर्थात् २०५२ सालमा अन्तराष्टिय सहकारी महासड्घ (क्ष्।ऋ।ब्० ले सहकारी भनेको सामूहिक स्वामित्व र प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित व्यक्तिहरुको सहभागिताबाट गठित स्वायत्त संस्था हो भनेर परिभाषा गरेको पाइन्छ । आज यही परिभाषा बमोजिम सहकारीहरु चलिरहेका छन् । सहकारी संस्था सम्बन्धी ऐन, २०७४ ले सहकारीलाई एउटा वडामा मात्र काम गर्न सक्ने देखि समूहगत विकासमा काम गर्नाका साथै बहुउद्देश्यीय समेत लिएर काम गर्न सक्ने क्षेत्राधिकार दिएको छ । सानो वडामा वडाकै सदस्यहरुबाट वडाकै विकासका लागि काम गर्ने समान व्यक्तिहरुको समूह सहकारी हो । यसरी वडाबाट गाउँको विकास र गाउँ गाउँबाट देशको विकास सजिल्यै गर्न सक्ने माध्यम सहकारी भएको ठहर गरेर २०६३ सालको अन्त्रिम संविधानमा नै सरकार, सहकारी र निजि क्षेत्रको माध्यमबाट मुलुकमा अर्थतन्त्रको विकास गर्नै नीति राज्यले अवलम्बन गर्ने भन्ने उल्लेख गरिएको थियो । यसरी एकातिर संविधानले नै देशको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बा सहकारीलाई मानेको छ भने अर्कोतिर संविधानले नै समाजवाद उन्मूख अर्थतन्त्रको विकास गर्ने उद्देश्य लिएको छ । जुन कुरा नेपालको संविधान, २०७२ मा उल्लेख गरिएको सार्वजनिक , निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्धारा तीब्र आर्थिक वृद्धि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निर्माण गर्न राष्टिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मूख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्य हुनेछ भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ । यी प्रावधानहरुबाट राज्यले आर्थिक पक्ष सवल बनाउन अर्थात् समाजवादको कार्यान्वयन गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेछ भन्ने बुझेको देखिन्छ । यति मात्र होइन सार्वजनिक , निजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने अनि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने कुरा पनि संविधानमा नै उल्लेख गरिएको छ । यसका साथ साथै स्थानीय तहको अधिकारका बारेमा अनुसूचीमा २ नम्बरमा सहकारी उल्लेख गरिएको छ भने संघ प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा त झन् एक नम्बरमा नै सहकारीलाई राखिएको छ । यसबाट हाम्रो कानूनले सहकारीलाई महत्वपूर्ण स्थानमा राखेको स्पष्ट देख्न सकिन्छ । यसरी मूल कानून संविधानले गरेको व्यवस्थालाई सफल बनाउन जारी गरिएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४को व्यवस्थाले पनि सहकारीलाई प्राथकितामा राखेको स्पष्ट हुन्छ ।जसमा सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड निर्माण गर्ने, कार्यान्वयन गर्ने र नियमन गर्ने व्यवस्थाका बारेमा पनि उल्लेख गरिएको छ । नियमनका लागि संविधान र संघीय कानूनको विपरित नहुने गरी आवश्यक कानून बनाई कार्यान्वयन गर्न सक्ने अधिकार स्थानीय तह अर्थात् स्थानीय सरकारलाई दिइएको छ । यसबाट सहकारीलाई महत्व दिएको स्पष्ट देखिन्छ ।यति मात्र होइन वर्तमान संविधानले सरकारका तिन तहलाई नै पर्याप्त स्वायत्तता प्रदान गरेको छ । तिनै तहलाई आआफ्नो तहको विधायिनी, कार्यकारिणी, न्यायिक, प्रशासनिक एवं वित्तीय अधिकार प्रयोग गर्नै व्यवस्था गरेको छ । यसरी सहकारी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै राज्यको तीन खम्बे अर्थतन्त्रको एउटा खम्बाको हैसियत प्रदान गरेको पाइनु र स्थानीय तहलाई समेत सहकारी क्षेत्रमा प्रवद्र्धन र विकासमा अधिकार सम्पन्न बनाइनु बाट आज राज्य सहकारीको माध्यमबाट समाजवाद अर्थात समाजका सामान्यतःमजदूर, किसान,,सानापूँजी पति वर्गहरुको उन्नति हुने र विचौलियाहरु र दलाल माफियाहरुबाट मुक्ति दिलाउने अनि अपराधिक मानसिकताबाट ग्रसित हुन पुगेका हरुलाई नियन्त्रण गर्न सक्ने आशाा गर्न सकिन्छ ।
४. सुझाव तथा निश्कर्ष
लामो समयको राजनीतिको सैद्धान्तिक र व्यवहारिक अध्ययन बाट पारड्गत विश्वेश्वरप्रसाद कोइरालाको विगत र वर्तमानको प्रयोगशालामा कसी लाएर स्थापना गर्न खोजेको प्रजातान्त्रिक समाजवाद आज लोकतान्त्रिक समाजवाद बन्दै देशको मूल कानूनमा लिपिबद्ध भएको छ भने त्यसलाई पूरा गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सहकारी ऐन, २०७४ समेत आइसकेको अवस्था छ । कानून र ऐनलाई पूर्ण रुपमा पालना गर्दै जाने हो भने नेपाल साच्चे समृद्ध हुने थियो र अवश्यहने छ पनि । तर आज कानूनमा लेखिएका कुराहरु व्यवहारमा प्रयोग हुन सकेका छैनन् । हामीले बुझ्न सक्नु पर्छ न्याय कानूनका ठेलीमा लेखिदैमा पाइँदैन । कानूनज हिले पनि न्यायका लागि हुनुपर्छ ।व्यवहारमा न्याय नदेखिएसम्म कानूनमा लेखिनुको अर्थ रहदैन त्यसैले कानूनमा लेखिएका कुरा अक्षरशःपालना गरिनु पर्दछ । एकातिर कानूनको पालना गरिनु पर्छ भने अर्कोतिर कानूनमा भएका कमीकमजोरी हटाउँदै अगाडि बढ्नु पर्छ । यसको उदाहरणमा स्थानीय सरकार संञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई कार्य सञ्चालन गर्नै सम्बन्धमा आवश्यकता अनुसार समितिहरु गठन गर्न सक्ने अधिकार दिएको छ । यसरी समिति गठन गर्ने सुचीमा सहकारी परेको छैन । छुट्टै सहकारी समिति गठन हुनु अति आवश्यक छ । समिति गठनन हुँदा वडा भित्र रहेका सबै सहकारीहरुको व्यवस्थापन, र नियमन गर्न निकै कठिन हुने सत्यलाई नकार्न सकिँदैन । त्यसैले आज संविधानले नै सहकारीलाई आर्थिक नीतिको एक खम्वाहो भनेको अवस्थामा स्थानीय तहमा सिस्टमले हेर्ने व्यवस्था गरियो भने मात्र प्रभावकारी हुने सत्य छ । अतःसहकारीलाई पजातान्त्रिक तरिकाबाट कानून बमोजिम सञ्चालन गरी देशमा देखिएका समस्याहरु समाधान गर्न जनतालाई जनतासँग नजीक बनाउन सहकारी एक मात्र माध्यम हो यसबाट मात्र लोकतान्त्रिक समाजवाद स्थापना गर्न सकिन्छ भन्ने सत्यलाई अभियानको रुपमा लिएर अघि बढे वं पी.को समाजवादको सपना र वर्तमान संविधानमा भएको समाजवाद सम्बन्धी उद्देश्य सफल हुने देखिन्छ ।
