सर्लाहीको सगुन सहकारीको सदस्य सेवाकेन्द्र लगातार विस्तार, आज पनि ईश्वरपुर सेवा केन्द्र उद्घाटन
सर्लाहीको हरिवन नपमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि को पाँचौ सेवा केन्द्र सर्लाहीको ईश्वरपुर नपाको ईश्वर बजारमा आज उद्घाटन गरिएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईश्वरपुर नगरपालिकाको प्रमुख (मेयर) मनोज देवकोटाले रिवन काटि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
संस्थाका ६८ जना सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गर्नुभएको हो ।
त्यसैगरी विशिष्ट अतिथिमा ईश्वरपुर नगर उपप्रमुख एकावति चौधरी, नगर शिक्षा अधिकृत दिनेश लुईटेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन संस्थाका सचिव राज कुमार उप्रेतीले गर्नुभएको थियो भने स्वागत संचालक पदमा मोक्तान र संस्थाको आर्थिक लगायतको बारेमा संस्थाका कोषाध्यक्ष विनोद कार्की प्रकाश पार्नु भएको हो ।
सो कार्यक्रममा सदस्य लम्बोदर काफ्लेले सगुन साकोसको बारेमा कविता बाचन र सदस्य शुशिल थपलियाले शुभकामना मन्तब्य राख्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाको संचालकहरु कमल विक्रम कार्की, हरि प्रसाद पुडासैनी, मुख्तार मिया मुकेरी, लेखा सुपेरिवेक्षण समिति सदस्य रिना बराल दाहाल र संस्थाको प्रबन्धक रबिन्द्र राना लगायत उच्च ब्यवस्थापनका कर्मचारीरुको उपस्थिति थियो । सगुन साकोसले यस आ.व.मा सेवा शुभारम्भ गरेको यो तेस्रो सेवा केन्द्र समेत रहेको बताईएको छ । सदस्यहरुलाई सहज सेवा सुविधा प्रदान गर्न संस्थाको सेवाकेन्द्र थप्दै लैजाने नीति संस्थाले लिएको छ ।

