इम्मानुएल सहकारीको कार्यालय स्थान्तरण कार्यक्रम सम्पन्न

0 Shares

 

ललितपुरको गोदावरी नगरपालिका– १४ ठैवमा रहेको इम्मानुएल बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७९ बैशाख १० गते शनिबारका दिन कार्यालय स्थानतरण कार्यक्रम सम्पन्न भएको छ सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहनु भएकी राष्ट्रिय सहकारी बैंक लि.लगनखेल शाखाकी शाखा प्रमुख रमा घिमिरेले गर्नुभएको हो ।
सो कार्यक्रममा अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक लगनखेल शाखाको ब्यवसायिक प्रवद्र्धन प्रमुख रामचन्द्र श्रेष्ठ, बिश्वज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.ताल्छिखेलका कार्यकारी प्रमुख शुरेश राई, सोहि संस्थाका सचिव बलराम अधिकारी,कोषाध्यक्ष शम्शेर बहादुर सुनुवार,सदस्यहरु बिल बहादुर गुरुङ,अम्बिका दवाडी,निता पनेरु तथा सहकारी सन्जालका कार्यकारी सम्पादक ईश्वर ढुङ्गेल लगायतका संस्थाका सेयर सदस्यहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले सहकारी संस्थाहरुले सदस्यहरुको हक हितमा रहेर उत्कृष्ट कार्यहरु गर्नु पर्ने बताउनु भयो । साथै उहाँले सदस्य वेसमा आधारित भई संचालन भईरहेका सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंकले सहकारी शिक्षा तालिम लगायतका सुविधा प्रदान गर्नुका साथै आवश्यकता अनुसार ऋण पनि सुर्वशुलभ व्याजदरमा उपलब्ध गराउने सो सभामा जानकारी गराउनु  भयो ।
संचालक समिति र कर्मचारीको साथ सहयोगले संस्था संचालनमा ठूलो टेवा समेत पुग्ने उहाँको थप भनाई समेत रहेको छ ।

सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल रेग्मीले गर्नुभएको हो । कार्यक्रमको स्वागत मन्तब्य संस्थाका ब्यवस्थापक सिर्जना श्रेष्ठले राख्नुभएको थियो ।
साथै कार्यक्रम संचालन प्रदिप सुनुवारले गर्नुभएको थियो ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी अगाढि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखी समाजमा छरिएर रहेको साना रकमहरुलाई बचत तथा शेयरको रुपमा संकलन गर्दै पुँजि निर्माण गरी सदस्यहरुको वित्तीय अवस्था थप बलियो बनाउन सहज तरिकाले शुलभ ब्याजदरमा वित्तीय स्रोतहरुको परिचालन गर्ने र सदस्यहरुलाई प्रविधि मैत्री बनाउदै स्थानीय क्षेत्रमा सहकारी संस्थाको पहुँचलाई विस्तार गरी आर्थिक कारोबारहरुमा थप सहयोग पु¥याउने संस्थाको मुख्य उद्देश्य रहेको छ ।

Leave a Reply