श्रमिक दिवसको अवसरमा पोखराको कोन सामुदायिक सहकारीद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
कास्कीको पोखरा महानगरपालिका भद्रकाली चोकमा रहेको कोन समुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाले श्रमिक दिवसको अवसर पारेर आज मिति २०७९÷०१÷१८ गते आईतवारका दिन संस्थाको शिक्षा उपसमितिको आयोजनामा उक्त रक्तदान कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्री काईरालाले उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्नु भएको थियो । सोहि संस्था अध्यक्ष तिर्थ बहादुर बस्नेतले कार्यक्रमको अध्यक्षता गर्नुभएको हो ।
रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम संस्थाको नवनिर्मित भवनमा गरिएको थियो । सो रक्तदान कार्यक्रमको सहकार्यता आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि ले गरेको हो ।
त्यसै गरी १८६ जना रक्तदाताहरु बाट १२४ पिन्ट रक्त संकलन गरेको समेत जानकारी गराईएको छ ।
सो कार्यक्रमको सहजीकरण संस्था प्रमुख अपिल कोईरालाले गर्नुभएको थियो ।

