नवलपरासीको हाम्रो सुपर सहकारीले ग-यो एक्सेस कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर

0 Shares

नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानी, केन्द्रिय कार्यालय रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.एक्सेस कार्यक्रममा आबद्ध हुन सफल भएको छ ।
एसियाली ऋण महासंघले सहकारी संस्थाहरुको विकासमा सहयोग पु¥याउन ल्याएको सो एक्सेस कार्यक्रमलाई नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ )नेफ्स्कून)ले यो प्राविधिक कार्यक्रमलाई सहजीकरण गरी सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिकीकरण कार्यक्रमको रुपमा लागू समेत गरिरहेको छ ।

संस्थाको कार्यालयमा हिजो गरिएको उक्त औपचारिक कार्यक्रमबाट एक्सेस कार्यक्रममा सम्झौता समेत गरिएको हो ।
सो सम्झौता पत्रमा नेफ्स्कुन कार्यक्रम अधिकृत भरत न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष खेमी सुवेदीले गर्नुभएको थियो ।
त्यसैगरी सो कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, भुमही सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटा, संस्थाका सचिव बिष्णु प्रसाद बराल, कोषाध्यक्ष रुकमागत पाण्डे लगायतका प्रतिनिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक विष्णु बहादुर बस्नेतले गर्नु भएको हो ।

Leave a Reply