कास्कीको रुपा बहुउद्देश्यीय सहकारीले ग-यो २१ जना जेष्ठ सदस्यहरुलाई सम्मान

0 Shares

कास्कीको पोखरा महानगरपालिका ३० गगनगौडा चोकमा आफ्नै ३ तले सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको रुपा बहुउद्देश्यीय सहकारी संस्था लि.को २३ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिक उत्सवको अवसर पारेर संस्थाले आफ्ना २१ जना जेष्ठ नागरिक सदस्यहरुलाई  प्रसंशा पत्र सहित खादा ओडाएर सम्मान समेत गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्री कोईरालाले गरेकी थिईन । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष राजु खत्रीले गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोईरालाले यस सहकारी संस्थाले सदस्यहरुको सेवालाई निरन्तरता दिँदै अगाडि बढिरहेको र संस्थाका सबै आर्थिक सूचांकहरु प्रगतिपथमा अगाडि बढिरहेको कुरा समेत जानकारी गराएकी थिईन ।
त्यसैगरी संस्थाका अध्यक्ष खत्रीले सदस्यहरुको साथ सहयोग र कर्मचारीहरुको कुशल व्यवस्थापनले गर्दा नै संस्था आजका दिन सम्म आईपुग्दा सफलतापूर्व रुपमा अगाडि बढिरहेको जानकारी गराउनु भयो ।
पोखरा महानगरपालिका ३० रहेको गणेश नेवाः समाजको कार्यालय प्रांगणमा गरिएको सो कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजन कल्याण बर्णामीले राख्नुभएको थियो भने कार्यक्रम संचालक सोहि संस्थाका सचिव कृष्ण प्रसाद पाण्डेले गर्नुभएको हो ।
पोखरा महानगरपालिका भित्रलाई कार्यक्षेत्र बनाई सदस्यहरुको वित्तीय सेवा मार्फत आय स्तरमा बृद्धि गरी उनिहरुको जीवनस्तरमा परिवर्तन गरी उल्लेखनीय योगदान पु¥याउन सफल रहेको सो संस्थाले हालसम्म आईपुग्दा शेयरपुँजी ८ करोड ५० लाख, बचत संकलन ४३ करोड माथि, ऋण लगानी ४४ करोड १० लाख रहेको जानकारी गराईएको छ । संस्थामा हालसम्म ५ सय ५७ जना भन्दा बढि सदस्यहरु आबद्ध भईसकेका छन् ।
संस्थाले बहुउद्देश्यीय कार्य अन्तर्गत रुपा किड्स मन्टेश्वरी स्कुल समेत संचालन गरिरहेको छ ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको सो संस्थाले सहकारी दिवसको अवसरमा नगर सरसफाई, रक्तदान, बृद्धा बृद्धालाई सहयोग, सहकारी शिक्षा सम्बन्धी कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम लगायतका विभिन्न कार्यहरुलाई संस्थाले निरन्तरता दिँदै आईरहेको सोहि संस्थाका व्यवस्थापक सूर्यबहादुर जिसीको भनाई छ ।

Leave a Reply